‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ सम्पन्न, फ्युजन एकेडेमीलाई उपाधि (भिडियो)

२०७४ फागुन ११ गते २२:३० मा प्रकाशित


NIBS National Song Dancing compiditon (6)

काठमाडौँ । मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) र विद्यालय सरोकार समाज बुढानिलकण्ठको संयुक्त आयोजनामा भएको ‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ को उपाधि बुढानिलकण्ठ नगरपालिकामा रहेको फ्युजन एकेडेमीले जितेको छ ।

NIBS National Song Dancing compiditon (3)
नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) को प्रांगनमा शुक्रबार सम्पन्न प्रतियोगितामा बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमी (बि.एम.सी.ए.) दोश्रो भएको छ । धापासीमा रहेको ओडिसी इन्टरनेशनल तेश्रो, कपनमा रहेको शारदा एकेडेमी चौथो र चुनिखेलमा रहेको शिशु मिलन हाई स्कुल पाचौ भएको छ ।

NIBS National Song Dancing compiditon (2)
उत्कृष्ट भेषभुषा विधामा साम्तेन मेमोरिल एजुकेशनल एकेडेमी, उत्कृष्ट निर्देशक विधामा फ्युजन एकेडेमी, उत्कृष्ट नृत्यकार विधामा छात्र सुजन तामाङ्ग, उत्कृष्ट नृत्यकार छात्रा विधामा हिमालयन ह्याप्पी चाइल्डलाई पुरस्कृत गरिएको थियो ।

NIBS National Song Dancing compiditon (4)
शुक्रबार नै विशेष समापन कार्यक्रमका विच विजयी विद्यार्थी तथा टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त ‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ समापन कार्यक्रममा प्रथम नेपाली नायिका भुवन चन्द, रेडियोकर्मी कृष्ण ताम्राकार, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, विभिन्न स्कुलका प्रिन्सिपलहरु, शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु, प्रतियोगितामा सहभागि भएका विद्यालयका प्रतिनिधिहरु, विद्यार्थी, अभिावक लगायतको उपस्थिति रहेको थियो ।

NIBS National Song Dancing compiditon (1)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले विजयी विद्यार्थीहरुलाई वधाई दिएका थिए । नगरपालिकाका सबै छोरी–बुहारीहरुले समेत नृत्यको प्रशिक्षण लिनु पर्ने कुरामा उनले जोड दिएका थिए ।

NIBS National Song Dancing compiditon (7)
यस्तै नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले विजयी विद्यार्थीहरुलाई वधाई दिएका थिए भने संस्थालगत विद्यालयहरुले शैक्षिक उन्नयनमा दिएको योगदान बारे स्पष्ट पारेका थिए ।

NIBS National Song Dancing compiditon (5)
प्रतियोगितालाई बुढानिलकण्ठ नगरपालिकाले विशेष सहयोग प्रदान गरेको थियो भने प्रतियोगितामा २६ विद्यालयहरु सहभागि भएका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले निब्सका फाउण्डर, प्रिन्सिपल डि.एन. महतोसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...