नेइमारको दाबी- विश्वकपमा म फिट हुन्छु

२०७५ बैशाख ७ गते २०:०९ मा प्रकाशित


ब्राजिलीयन स्टार खेलाडी नेइमारले विश्वकप फुटबलका लागि आफू फिट हुने दाबी गरेको छन्। महङ्गो मूल्यमा यसै सिजन पिएसजी गएका नेइमार फ्रेन्च लिग वान अन्तर्गतको खेलमा खुट्टामा चोट लागेपछि फेब्रुअरी २५ देखि मैदान बाहिरै छन्।

neymar

यसैबीच साओ पाउलोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेइमारले आफू रिकभर भइरहेको भन्दै विश्वकपमा फिट हुने बताएका हुन्। उनका अनुसार मे १७ देखि प्रशीक्षणमा फर्किनेछन्।

उनले आफू विश्वकपमा उच्च लयका साथ आउने विश्वास लिएको बताए।

गएको साताको स्वास्थ्य परीक्षणमा राम्रो देखिएको भन्दै उनले मे १७ मा हुने अन्तिम परीक्षणपछि आफू खेल्नका लागि स्वतन्त्र हुने बताए।

नेइमारले यसअघि घरेलु मैदानमा भएको सन् २०१४ को विश्वकपमासमेत खेलेका थिए।

पाँच पटकको विश्व विजेता ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको बेला उनी चोटका कारण मैदान बाहिर थिए।

रूसमा हुने विश्वकप फुटबलमा पहिलो खेल ब्राजिलले जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्दैछ। यसका लागि नेइमार एक महिनाअघिनै अभ्यासका लागि मैदान आउने अपेक्षा ब्राजिलले गरेको छ। यो सिजन पिएसजीका लागि उनले १६ गोल गरिसकेका छन्। उनको टोली यसअघिनै फ्रेन्च लिग च्याम्पियन भइसकेको छ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...