नेइमार चम्किदा पिएसजी विजयी

२०७४ पुस २ गते ०९:२९ मा प्रकाशित


neymar goal

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले रेनलाई ४–१ ले हराएको छ । नेइमारले पेरिस सेन्ट–जर्मेन (पिएसजी) को टिममा सुन्दर दुई गोलसहित प्रभावशाली पुनरागमन गरेका छन् । नेइमार गएको हप्ता लिलीसँगको खेलमा प्रतिबन्धका कारण मैदान बाहिर थिए भने यो हप्ताको बिचमा भएको लिग कप खेलमा व्यक्तिगत कारणले ब्राजिल जानु परेकाले खेल्न पाएका थिएनन् । तर उनले पिएसजीको टिममा दुई खेलपछि फर्किँदा दुई गोल नै गरेका हुन् ।

after win psg team

लिग वान अन्तर्गत रेनसँगको खेलमा १४ औं मिनेटमा नेइमारले गरेको गोलबाट नै पिएसजीले सुरुवाति अग्रता लिएको हो । १७ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा रेनका लागि मुबेलेले गोल गरे । ६३ औं मिनेटमा एन्ड्रे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रेन १० खेलाडीमा सीमित भयो । एडिसन काभानीले ७५ औं मिनेटमा पिएसजीका लागि तेस्रो गोल गरे । त्यसको एक मिनेटपछि नेइमारले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४–१ को जित निश्चित गर्‍यो । ८९ औं मिनेटमा किमपेम्बे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी पनि १० खेलाडीमा सीमित भएको थियो । जितपछि लिडर पिएसजीको १८ खेलबाट ४७ अंक भएको छ । दोस्रो स्थानको मोनाकोको ३८ अंक छ ।

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...