नयाँ नोटको सटही खुल्यो

२०७४ भदौ २८ गते ११:३१ मा प्रकाशित


new-note२८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोटको सटही आजदेखि शुरु गर्दैछ । राष्ट्र बैंकका कार्यालय र राष्ट्र बैंकले तोकेका बैंकका शाखाबाट आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने राष्ट्रबैंकले जनाएको छ ।

यस वर्ष एक जनाले २७ हजार रुपैयाँ सम्मको नयाँ नोट साट्न पाउनेछन् । राष्ट्र बैंकसँगै सरकारी स्वामित्व रहेका नेपाल बैंक लिमिटेड, कृषि विकास बैंकले पनि आफ्ना शाखाहरुबाट नयाँ नोट दिने छन् ।

नेपाल बैंक र कृषि विकास बैंकबाट भने अधिकतम २० हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाइने छ । नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरु काठमाडौका न्युरोड, बलाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुरबाट सटही गर्ने सुविधा दिइएको छ ।

त्यस्तै सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्सालबाट समेत नयाँ नोट साट्ने सक्ने व्यवस्था गरिएको छ ।

कृषि विकास बैंकका शाखा कार्यालय गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

काठमाडौं उपत्यका बाहिर पनि आजैदेखि नयाँ नोट साट्न सकिनेछ । राष्ट्र बैंकले दशैंका लागि ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको व्यवस्था गरेको छ ।

 

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...