आकाश खस्यो भने मात्रै चुनाव रोकिन्छः नेता खनाल

२०७४ असार ५ गते १६:४२ मा प्रकाशित


jahalnath- khanal५ असार । पूर्वप्रधानमन्त्री एवम् एमाले नेता झलनाथ खनालले असार १४ को स्थानीय तह निर्वाचन अब आकाश खस्छ भने मात्रै रोकिने अन्यथा धर्तीको कुनै तागतले रोक्न नसक्ने उद्घोष गरेका छन् । उनले प्रदेश नम्बर २ को निर्वाचन सारेर सरकारले गम्भीर गल्ती गरेको भन्दै तेस्रो चरणको चुनावमा गर्न भन्दै मिति सार्नु सरकारको लाचारीपन भएको बताए।

गृहजिल्ला इलामको चुनावी कार्यक्रममा सहभागी हुन खनालले सोमबार बिहान जिल्लास्थित सञ्चारकर्मीहरूसँग कुरा गर्दै आइतबारको उम्मेदवारी दर्ता ज्यादै उत्साहपूर्ण भएको जनाए । ‘

सरकारले २ नम्बर प्रदेशको चुनाव नसारेको भएपनि कसैले छेक्न सक्ने थिएन,’ उनले भने, ‘मधेसका चारजना मान्छे उफ्रिँदा सरकारले उनीहरूसँग आत्मसमर्पण गरेकाले मात्रै चुनाव सरेको हो ।’ उनले जेसुकै भएपनि असोज २ मा तोकिएको चुनाव पनि कसैले रोक्न नसक्ने बताए । नेपाली जनता लोकतन्त्र, अग्रगति, प्रगति र समृद्धिको पक्षमा रहेकाले चुनाव कसैले छेक्न नसक्ने खनालको भनाइ छ ।

You may also Like this

थप समाचार

सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !
सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !

२ भाद्र, एजेन्सी । बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस् ...

२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !
२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !

२ काठमाडौं, भदौ । गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दि ...

निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन
निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन

काठमाडौं, भदौ २ । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि सरकारलाई १७ बुँदे निर्देशन दिएको छ ।  ...

पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा
पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा

काठमाडौं, भदौ २ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...