सातामा २५ अंक बढेर १४७९ मा बन्द भयो नेप्से, प्रतिरोधको संघारमा

२०७३ पुस २८ गते १६:४६ मा प्रकाशित


chart-9-1024x683२८ पुस, काठमाडौं । साताभरमा नेप्से परिसूचकले २५ अंक जोड्दै बजार बन्द भएको छ । गत विहीबार १४५४ मा रहेको नेप्से साताको अन्तिम दिन बिहीबार १४७९ बिन्दुमा आएर बजार बन्द भएको हो । अन्तिम दिन विहीबार भने नेप्से ३.३५ अंकले बढेको थियो । सातागत आधारमा बजारमा कारोबार रकम पनि १९.७४ प्रतिशतले घटेको छ । गत साता २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा यससाताभरमा मात्रै १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । साताभरमा बढ्दो प्रवृत्तीमा देखिएको नेप्से प्रतिरोध परिक्षणमा रहेको छ । नेप्सेले १४८० को आसपासमा निकै लामो समयदेखि प्रतिरोध परिक्षण गरिरहेको रेखाचित्रले देखाउँछ । कारोबार रकममा आएको कमिले पनि लगानीकर्ता अझै ‘पर्ख र हेर’ कै अवस्थामा रहेको संकेत गर्छ । सातामा ३ दिन निरन्तर बजार बढेपनि कारोबार रकममा भने वृद्धि देखिएको छैन् । २६ करोडबाट बढेर मंगलवार दैनिक कारोबार ३७ करोड रुपैयाँ पुगेपनि त्यसयता भने यो रकम घटिरहेको छ । बुधवार ३६ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२ करोड रुपैयाँको कारोबार भएको छ । बिहीबार खानीखोला हाइड्रो, ग्रिन डेभलपमेन्ट र लक्ष्मी बैंकको सेयर मूल्य ८ देखि ९ प्रतिशतसम्म वृद्धि भयो । यसैसाताबाट कारोबार सुरु भएको खानी खोलाको सेयर मूल्य बढ्दो क्रममा छ । लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयरको घोषणा गरेकोले पनि मूल्य बढिरहेको हो ।

You may also Like this

थप समाचार

इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो
इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा ...

वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त
वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त

लण्डन । प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले साढे दुई वर्ष क्लब सम्हालेका प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । ब ...

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु

कात्तिक २० । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधा ...

भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम
भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम

२० कात्तिक । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...