विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

२०७४ जेष्ठ १० गते १५:२४ मा प्रकाशित


Siru(1)१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दिएको गन्जी लगाएर पसिना बगाउँदै छन् । विदेशमा महिना मर्ला र तलब आउला भन्दै दिन गन्दै छन् । कोही साथीहरुसँग विदेश आउँदा लिएको ऋण तिर्न सापटी माग्दै छन् । त्यसैले उस्तै उस्तै छ, घरदेश र परदेशको अवस्था ।

नेपालबाट झण्डै ४४ लाख युवा वैदेशिक रोजगारको लागि विदेशमा छन् । उनीहरुले स्थानीय चुनावमा आफ्ना प्रतिनिधि चुन्न पाएनन् । बिदेशमा पसिना बगाउँनेहरुले आफ्ना उम्मेद्वारसँग के चाहन्छन् ? यसको बारेमा बुझेका छन् कि छैनन् होला नेताहरुले । अहिले धेरै गाउँमा यो गर्छु त्यो गर्छु भन्दै भोट मागे नेताहरुले । धेरैले गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्छु, विकासका भौतिक पूर्वाधारमा जोड दिन्छु अनि आर्थिक विकास अबको नयाँ योजना भनेर चिल्ला भाषण खुब गरे ।
वास्तविक आर्थिक विकास कस्ले गरेको छ ?

नेपालमा गरिबीको रेखा मुनि परेका हामी । खाडीमा खजुरको रुखमुनि बसेर पसिना पुछ्दैछौँ । साहुसँग सय कडा पाँच रुपैयाँले ऋण काढेर परदेशिनुका पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । सानोमा चुहिने छानोमा निदाउन नपाउँदै विदेशको सपना देख्न थालिन्छ । आमाको चोलो फाटेर कुम देखिन्छ । बाबाको कमिजमा टाल्ने ठाउँ छैन ।
अनि जवान छोरो खेती गरेर फर्किंदा पेटभरी खान पाउँदैन । त्यो परिस्थितीमा विदेशमा पसिना बगाउनु बाहेक अरु केही विकल्प देखिदैंन । विदेशबाट पसिना बगाएर कमाएको पैसाले आमाको चोलो र बाबाको कमिज फेरिएको छ । चुहिएको छानो फेरिएको छ । केटाकेटीले स्कूल जान पाएका छन् । श्रीमतीको गलामा गहना सुहाएको छ । अनि तिहारमा दिदीबहिनीले चित्त बुझ्दो दक्षिणा पाएका छन् । सय रुपैयाँ देख्न मुस्किल घरमा हजार र लाखका कुरा हुन थालेको छ ।

कमाएर बचेको पैसाले व्यवसाय चलेको छ । राज्यले रेमिट्यान्स र कर पाएको छ । यो नै हैन र आर्थिक विकास ? सिद्घान्तले केलाई आर्थिक विकास भन्छ ?
एउटा श्रमिकलाई के सरोकार ? उसको आर्थिक विकास भनेको भोको बसेको मान्छेले खान पाउनु, बिरामी भएको बेला औषधि पाउनु अनि नचुहिने छानोमा निदाउनु पाउनु नै आर्थिक विकास हो । यी आर्थिक विकासका खम्बाहरुको दुखका कुरा कुन कुन उम्मेद्वारहरुले उठाउनु भएको छ स्थानीय चुनावमा ?
अबको उम्मेद्वारले विदेशमा पसिना बगाउँनेको कुरा सुन्लान त ?

नेपालमै रोजगारीको व्यवस्था सिर्जना गर्छु भन्दै भाषण गर्न जस्तो सजिलो छैन गरेर देखाउन । रोजगारी गोजीबाट निकालेर थालमा हाल्ने कुरा हैन रोजगारी । यसको लागि आवश्यक नीति तयार गरेर कार्यान्वयन गर्नुपर्ला । रोजगारीका अवसर के के छन ? त्यसका लागि कस्तो कच्चा पदार्थ चाहिन्छ ?
अनि त्यसका लागि कस्ता कामदार चाहिन्छन् ? कति लागत लाग्ला ? कामदारले कमाएको पैसाले आफ्ना र परिवारको आवश्यकता पूरा गर्न सक्छ कि सक्दैन भनेर सोच्नु अगाडि नै रोजगारी ग्यारेन्टी गर्ने नेता ज्यू सजिलो छैन बोल्नु जस्तो ।

नेपालमै रोजगारीको अवसर पाउनु भनेको राम्रो कुरा हो । त्यसको लागि समय लाग्छ । तत्काल सम्भव छैन । लगानी गर्नका लागि रकम चाहिन्छ । त्यो रकम वैदेशिक रोजगारबाट धेरै भित्रिएको छ । रकम ल्याउने कामदारको हकहितको लागि वडा अध्यक्ष ,मेयर र उप मेयरहरुले के कस्ता कदम चाल्ने भनेर स्पष्ट बोलेको भेटिदैंन ।
वैदेशिक रोजगारीमा जाने कामदारको पक्षमा किन बोल्दैनन उम्मेद्वारहरु

सरकारले वैदेशिक रोजगारमा खाडी र मलेसिया जानको लागि फ्रि भिषा फ्रि टिकटको व्यवस्था लागु गरेको छ । रोजगारदाता कम्पनीले नै म्यानपावर कम्पननीलाई सेवा शुल्क दिएको हुन्छ । नदिएको खण्डमा मात्र १० हजार रुपैयाँ लिन पाउने ब्यवस्था छ ।

अझै पनि म्यानपनवर कम्पनीहरुले मोटो रकम कामदारसँग लिइरहेका छन् । गाउँमा एजेण्टले झुटो सपना देखाएर मरुभूमिमा आफ्नै पैसाले आफैंलाई बेच्न बाध्य छन् नेपाली दाजुभाई दिदीबहिनीहरु । विदेशमा भनेको काम नपाउँदा रुनु पर्नेको कुरा कसले सुनेको छ ? एक दुई लाख रुपैयाँसम्म पैसा लिएर १० हजार रुपैयाँको बिल थमाएको सबैलाई थाहा छ ।

त्यसको बारेमा कुन पार्टीले आवाज उठाएको र एजेण्डा बनाएको छ ? बिरामी र अंगभंग भएर फर्किनेहरुले क्षतिपूर्ति नपाउँदा कुन उम्मेद्वारले वकालत गरेको छ ? अनि विदेशमा कमाउने सपना बोकेर उडेका कामदार आफैं बन्द बाकसमा फर्किएका परिवारले के पाउँछन् नेताज्यू तपाईलाई जिताउँदा ?

वैदेशिक रोजगारीको कारणले धेरैले मानसिक सन्तुलन समेत गुमाएका छन् । उनीहरुको अधिकार कुन तपाईको घोषणापत्रको कुन बुँदामा समेट्नु भएको छ ? वडाको प्रतिनिधित्व गर्ने वडा अध्यक्ष ज्यूलाई थाहा छ कि छैन तपाईको वडाका युवा विदेशमा के गर्दैछन् ? उनीहरुलाई कुन म्यानपावरले कति पैसा लियो विदेश जाने बेलामा ? कुन म्यानपावर र कुन एजेण्टले ठगे भन्ने कुरा ? तपाईलाई जिताउँदा के उनीहरुको पक्षमा बोल्नु हुन्छ तपाई ? उनीहरुलाई खुलेआम ठग्ने एजेण्ट र म्यानपावर विरुद्घ बोल्छु भनेर भाषण किन गर्नु भएन तपाईले ?

तपाईका युवा दिनदिनै वैदेशिक रोजगारीको नाममा ठगिदै छन्, बेचिदै छन् । अनि तपाईले ठूला कुरा गरेर कसरी विकास हुन्छ ? कार्यकर्तालाई गन्जी बाँड्दा कति खर्च भयो भनेर हिसाब होला तपाईसँग । विदेश छोरो पठाउँदा कति ऋण लियौ साइँला दाई ? भनेर कहिले आफ्ना कार्यकर्तालाई सोध्नु भएको छ ?

विदेशमा भएको कामदार पलपल रगतको आँसु रुँदैछन् । तपाईलाई जिताउँदा उनीहरुले के पाउँछन् ? यसको जवाफ परिवारले सोधे के भन्नु हुन्छ ? कमाउन विदेशिएको छोरो १० वर्षदेखि बेपत्ता छ । छोरो खोज्न तपाईंले सहयोग गर्नु हुन्छ कि हुँदैन ? बिरामी भएर फर्केकी छोरीले उपचार पाएकी छैन यो मुद्घा समाबेश छ कि छैन घोषणापत्रमा ? तपाईका कार्यकर्ताको घरमा चुलो वैदेशिक रोजगारीमा कमाएको पैसाले बलेको छ ।

अनि किन उनीहरुको पक्षमा बोल्नु बिर्सिनुभयो ? वास्तविक विकास त्यो हो जहाँ आत्मा सन्तुष्टि हुन्छ । त्यो तपाईबाट आश गरेका छन् । उनीहरुको चाहनाको यो कदर गर्न सकोस यो स्थानीय चुनाव २०७४ ले । नत्र चाहनाको बली चढाएर तपाईले जित्नु कुनै अर्थ हुँदैन ।

You may also Like this

थप समाचार

काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण
काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण

काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण ...

उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक
उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले जितको ह्याट्रिक गरेका छन् ...

काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी
काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी

काठमाडौँ क्षेत्र नं ४ प्रदेश 'क' मा नेपाली कांग्रेसका उम्मेदवार नरोत्तम वैद्य विजयी भएका छन् । वैद्यले ८६१९ मत प्राप्त गरि ब ...

गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित
गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनले निकटतम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...