२५ लाख अलैँची बिरुवा बिक्री, २ करोड भन्दा बढी आम्दानी

२०७४ साउन ६ गते १७:१८ मा प्रकाशित


alaichii६ साउन । जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाका विभिन्न नर्सरीबाट रु दुई करोड भन्दा बढी मूल्यका बिरुवा बिक्री भएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिए ।

जिल्लाका विभिन्न नर्सरीमा करिब ७० लाख बिरुवा उत्पादन भएको थियो । अलैँची रोप्न साउन महिना उपयुक्त समय हो । अझै बिरुवा बिक्रीका क्रममा रहेको छ ।

जिल्लाबाट स्याङ्जा, गोरखा, धादिङ, कास्की, बागलुङ, म्याग्दीलगायत जिल्लामा अलैँचीका बिरुवा निकासी भएको छ । बिरुवा बिक्री वितरणका लागि जिल्ला कृषि विकास कार्यालयलगायत सङ्घसंस्थाले समन्वय गर्दै आएका छन् ।

अलैँची विकास केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीको टोलीले जिल्लाको छिनखोला, भुष्मे र नयाँगाउँमा अनुगमन गरेको थियो । कृषकले अलैँची बगान व्यवस्थापनमा ध्यान नदिएकाले पुराना बोटमा समस्या देखिएको अधिकारीले बताए ।

“केही ठाउँमा बाक्लो छहारी भई आवश्यक तापक्रम नपुग्दा बोटमा ढुसी लागेको पाइयो”, उनले भने – “रोग लागेको होइन, बढी चिस्यानले ढुसी लागेको हो ।” पुरानो बगैँचा भएकाले पनि पुरानो बोटमा समस्या देखिएको हो । अलैँची बगानमा छहारी पातलो बनाउन र गोडमेलमा ध्यान दिन उनको सुझाव छ । रासस

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...