यू–१९ विश्वकप छनोटमा नेपालले सिंगापुरलाई हरायो

२०७४ साउन २ गते १०:५५ मा प्रकाशित


nepal-u19२ साउन । यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरूआत गरेको छ।

सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १८. ३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि प्रनित थापामगरले सर्वाधिक २३ रनको योगदान दिए। यस्तै अनिल शाह १९ रन बनाए।

अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर सन्दिप सुनार १ रनमा आउट भए भने आरिफ सेख ४ रनमा आउट भए। यस्तै प्रकाश केसी ६ रनमा आउट भए।

दीपेन्द्र सिंह ऐरी २ रनमा एलबीडब्लुको धरापमा परेका थिए।

सिंगापुरका आर्यमान सुनिल र गोपिनाथ अचरले समान २ तथा रोहन रंगारञ्जन र अंश भर्गाभाले १र१ विकेट लिए।

यसअघि सिंगापुरले पहिले ब्याटिङ गर्दै २९ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए। यस्तै साहब आलमले ३ र किशोर महतोले २ विकेट लिए।

सिंगापुरका लागि ब्रिगु लायरले सर्वाधिक ४२ तथा सेन अग्रवालले ११ रन बनाउनुबाहेक अरूले दोहोरो रनको स्कोर छुन सकेनन्। सिंगापुरका चार खेलाडी शून्यमा आउट भए।

प्रतियोगितामा एसियाका शीर्ष चार राष्ट्र अफगानिस्तान, नेपाल, मलेसिया र आयोजक सिंगापुरका युवा टोलीले प्रतिस्पर्धा गर्नेछन्।

डबल राउण्ड रोविन लिगका आधारमा हुने छनोटपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने युथ विश्वकपका लागि छनोट हुनेछ।।

 

You may also Like this

थप समाचार

कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर
कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर

१ असोज, काठमाडौ । हिजोराती धनुषामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको नगराइन नगपालिका – ८ अकौरामा भएको ...

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...