क्यानडामाथि एक विकेटको जितसंगै नेपालले विश्वकप खेल्ने पक्का, करण बने हिरो

२०७४ फागुन २ गते २१:२८ मा प्रकाशित


cricket nepal

काठमाडौँ । नामिबियामा भएको डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै विश्वकप छनोट खेल्ने भएको छ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो। करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप नजिक पुर्‍याए।

नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए। यस्तै १२ बल खेलेका सोमपाल कामीले ‍७ रन बनाएर आउट भए।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए।

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए। परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए।

खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरे।

You may also Like this

थप समाचार

प्रधानमन्त्रीमा भागवण्डाः ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष !
प्रधानमन्त्रीमा भागवण्डाः ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष !

२ फागुन, काठमाडौं । एकता प्रक्रियामा रहेका एमाले र माओवादीबीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यस ...

क्यानडामाथि एक विकेटको जितसंगै नेपालले विश्वकप खेल्ने पक्का, करण बने हिरो
क्यानडामाथि एक विकेटको जितसंगै नेपालले विश्वकप खेल्ने पक्का, करण बने हिरो

काठमाडौँ । नामिबियामा भएको डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै विश्वकप छनोट खेल्ने भएको छ। क्यानडाले दिएक ...

भारतीय विदेशमन्त्री स्वराजको पहिलो भेट ओलीसँग
भारतीय विदेशमन्त्री स्वराजको पहिलो भेट ओलीसँग

काठमाडौं, १८ माघ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणका लागि केही बेरअघि काठमाडौं आइपुगेकी छन् । बिहीव ...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

१८ माघ ०७४/ आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine