नेपाल भर्सेस ताजकिस्तान

२०७४ भदौ २० गते ११:३६ मा प्रकाशित


footballlकाठमाडौं, भदौ २० । एएफसी एसिया कप फुटबल २०१९ को छनौटमा नेपालले मंगलबार दिउँसो ताजकिस्तानसँग खेल्दैछ । यो खेल एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताका लागि छनौटको सम्भावना राख्न दुवै टिमलाई जित्नु पर्ने दबाब छ । नेपालले अहिलेसम्म एक अंक जोडेको छ भने ताजकिस्तानले अंक जोड्न सकेको छैन । फिलिपिन्स ६ अंकसहित शीर्ष स्थानमा छ ।

नेपाली टोलीले सन् २०१६ को नोभेम्बर यता कुनै पनि खेल जितेको छनै । नेपालले पछिल्लो पटक सन् २०१६ को नोभेम्बर १५ एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराएको थियो । त्यसपछि नेपाली टोलीले जित निकाल्न सकेको छैन । ताजकिस्तानसँगको खेल यसअर्थमा पनि नेपालका लागि महत्वपूर्ण छ । मुख्य प्रशिक्षक ग्योतुकी कोजीले जापानमा तयारी गरेकाले मंगलबारको खेल प्रभावकारी हुने बताए । सकेसम्म जित निकाल्दै तीन अंक र त्यो नसके बराबरी गर्दै कम्तिमा एक अंक जोड्ने लक्ष्य रहेको उनले बताए । नेपाली टिमका कप्तान विराज महर्जन जितको लक्ष्यसहित मैदान उत्रिने रणनीति बनाएको बताएका छन् ।

फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । छनौट चरणको समूह ‘ई’ मा रहेको नेपालले अहिलेसम्म दुई खेलबाट एक अंक जोडेको छ । नेपालसँग खेल्न लागेको ताजकिस्तानले यसअघिका दुई खेल हारेको छ । यो समूहबाट फिलिपिन्सले ६ तथा यमनले ४ अंक जोडेका छन् । यी दुई बिचको खेल पनि मंगलबार नै फिलिपिन्समा हुँदै छ ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...