यू-१९ एसिया कपः नेपालले उचाल्यो उपाधि, कप्तान ऐरीले गरे कमाल

२०७४ असोज १ गते १२:०३ मा प्रकाशित


nepalकाठमाडौं, असोज १ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत हङकङलाई ५ विकेटले पराजित गर्दै पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।

मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो ।

हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २२ तथा प्रनित थापा मगरले अविजित १९ रनको योगदान दिए । एसिया कपको सुरुदेखिनै कप्तान ऐरीले कमाल गर्दै आएका छन् ।

यस, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२ ओभरमा अलआउट हुंदै ७६ रनको योगफल बनाएको थियो । हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन बनाए ।

नेपालका साहब आलम तथा सन्दीप लामिछानेले समान ३ विकेट लिंदा कप्तान ऐरी र अनिल कुमार शाहले १,१ विकेट लिए ।

यो उपाधिसँगै नेपाल एसीसी अन्डर नाइन्टिन एसिया कपका लागि छनोट भएको छ ।

You may also Like this

थप समाचार

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ
आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

२५ चैत र आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...