नेपाल फिफा वरीयतामा तीन स्थान झर्‍यो

२०७४ बैशाख २१ गते १७:४० मा प्रकाशित


fifaकाठमाडौं, वैशाख २१ । विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल तीन स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झर्दै १७३औं स्थानमा रहेको हो ।

नेपालको ११० अंक रहेको छ । त्यस्तै, भारत एक स्थान सुधार गर्दै १००औं स्थानमा बढुवा भयो । ३३१ अंक जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ ।

त्यसैगरी, माल्दिभ्स एक स्थान तल झर्दै १५२औं स्थान, भुटान १६४औं स्थानमा यथावत् छ भने बंगलादेश १९३औं स्थानमा छ ।

त्यस्तै, श्रीलंका १९७औं तथा पाकिस्तान २०१औं स्थानमा छ ।

विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा छ । रासस

You may also Like this

थप समाचार

मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !
मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !

१२ साउन, काठमाडौं । मन्त्रीपरिषदको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ जना मन्त्री थपेसँगै सिंहदरबारमा पहिलो प ...

खोलामा बस खस्यो, दुईको ज्यान गयो, दुई हराए, ३० गम्भीर

१२ साउन । कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा यात्रुबहाक बस खसेको छ । विहिबार दिउँसो ना ५ ख ६३९५ यात्रुबहाक बस खस्दा ...

बलात्कारको बदला बलात्कार...
बलात्कारको बदला बलात्कार...

१२ साउन । पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना प्रकाशमा आ ...

स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !
स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !

काठमाडौं, साउन १२ । कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ । कुल एक स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...