मन्त्रालयसँगको सहकार्यमा नेपाल बंगलादेशले लघु कर्जा दिने

२०७३ पुस २८ गते १४:५५ मा प्रकाशित


20141027nb-bank-to-offload-its-shares-in-nb-insurance-600x0२८ पुस, काठमाडौं । नेपाल बंगलादेश बैंकले विभिन्न जिल्लामा सञ्चालित महिला समूह, महिला सहकारी, समुहमा आवद्ध विपन्न तथा न्यून आय भएका व्यक्ति र समुदायलाई लघु कर्जा प्रर्वद्धन गर्ने भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम गरी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र नेपाल बंगालादेश बैंकले सहुलियत लुघ कर्जा प्रर्वद्धन संझौतामा हस्ताक्षर गरेका छन् । पहिलो चरणमा बैंकले दाङ, भैरहवा, नारायणगढ, धादिङ,तेह्रथुम र पाँचथरको फिदिमबाट लघु कर्जा प्रवाह गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयको महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाई र बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाले लघु कर्जा प्रवाह सम्बन्धी संझौतापत्रमा हस्ताक्षर गरेका हुन् । पहिलो चरणमा छनौटमा परेका जिल्लामा चालु आर्थिक वर्षभित्रै पाँच हजार भन्दा बढी लघु उद्यम र व्यवसायीलाई पचास करोड रुपैयाँ लघु कर्जा प्रवाह गर्ने बैंकले उल्लेख गरेको छ । लघु कर्जा परिचालनको सहकार्यबाट बिपन्न तथा न्यून आय भएका व्यक्ति समुह तथा समुदायले स्वरोजगारमुलक उद्यम व्यवसाय गर्न प्रोत्साहन मिल्नुका साथै लक्षित वर्गको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

You may also Like this

थप समाचार

गरिबी निवारण कोषद्धारा १५ अर्ब बराबरको कोष स्थापना !
गरिबी निवारण कोषद्धारा १५ अर्ब बराबरको कोष स्थापना !

२ भाद्र, काठमाडौं । गरिबी निवारण कोषले १५ अर्ब बराबरको सामाजिक कोष स्थापना गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गर ...

जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...
जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...

काठमाडौं, भदौ २ । अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर ...

‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...
‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...

२ भदौं, भारत । भारतको महाराष्ट्रमा एक हप्तामा कम्तीमा पनि ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । महाराष्ट्रका ८ जिल्लाका स्था ...

कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना
कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना

एजेन्सी, भदौ १ । भारतीय कमेडियन कपिल शर्माको समस्या हिजोआज बढ्दै गएको छ। यसपटकको समस्या कपिलको शो द कपिल शर्मा शोु को हट सीटम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...