विश्वका महंगा फुटबल खेलाडी नेइमारको कागजात अझै आएन

२०७४ साउन २५ गते १७:०२ मा प्रकाशित


neimar_2२५ साउन । विश्वका महंगा फुटबल खेलाडी नेइमारको फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा डेब्यु खेल अझै ढिला हुने सम्भावना बढेको छ । लिग वान अन्तर्गत गएको शनिबार रातिको खेलमा मैदान बाहिर रहेका नेइमार आउँदो आइतबार राति हुने खेल पनि खेल्न नपाउने सम्भावना बढेको छ । उनले कागजी प्रक्रिया पूरा नभएका कारण शनिबार रातिको खेल खेल्न पाएका थिएनन् ।

अहिलेसम्म पनि स्पेनिस फुटबल फेडेरेशनले अत्यावश्यक कागजात नपठाएको फ्रान्सको फुटबलको प्रशासकीय निकाय एलएफपीले जनाएको छ । बिहीबार बेलुकासम्म कागजात नआएमा नेइमारले आइतबारको खेल खेल्न पाउने छैनन् । आइतबार राति पिएसजीले गिन्गाम्पसँग खेल्नेछ ।

२५ वर्षका नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्ड स्ट्रर्लिङमा पिएसजीमा अनुबन्ध भएका हुन् । उनले अब वर्षको चार करोड ७० लाख पाउण्ड स्ट्रर्लिङ कमाइ गर्ने छन् । पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारले अरु कुनै क्लबमा भन्दा धेरै आम्दानी गर्ने बताएका छन् ।

You may also Like this

थप समाचार

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह
मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।  नेपा ...

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...