नेफले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने १५० भन्दा बढि विद्यार्थीहरुको सम्मान

२०७४ साउन २१ गते १२:०४ मा प्रकाशित


NEF program (3)काठमाडौँ । उत्तर भेगिय शैक्षिक मञ्च ‘नेफ’ले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुको सम्मान गरेको छ ।

NEF program (5)गत शनिबार इन्द्रेणी पार्टी प्यालेस, बसुन्धरामा एक कार्यक्रमका विच सदस्य बिद्यालय मध्यबाट प्रथम, द्वितीय र तृतिय स्थान हासिल गरेका एक सय पचास भन्दा बढी बिद्यार्थीहरुलाई सम्मान गरेको हो ।

NEF program (4)
कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका अध्यक्ष विजय सम्वाहाम्फे, विशेष अतिथि उपत्यका प्रदेश प्रमुख थकिन कुमार गुरुङ्ग, काठमाडौँ प्याब्सनका उपाध्यक्ष पे्रम कुमार राई तथा विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

NEF program (2)
सदस्य ३० विद्यालयहरु मध्यबाट प्रथम, द्धितिय र तृतिय हुन सफल १५० विद्यार्थीहरु र नेफबाट उत्कृष्ट जिपिए ३ं.९० ल्याउन सफल ग्रिनल्याण्ड स्कुलका अनिष न्यौपाने, साउथवस्र्टन स्कूलका शहल श्रेष्ठ र श्रृष्टि चापागाई तथा लालीगुरास नेशनल एकेडेमीका सलिनी झालाई प्रमाण पत्र र नगद एक हजार सहित सम्मान गरिएको थियो ।

NEF program (1)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्वाहाम्फेले एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा सुभकामना व्यक्त गरेका थिए भने शिक्षा क्षेत्रको समसामहिक विषयको चर्चा गरेका थिए ।
विद्यार्थीहरुको हौसलाका निम्ति नेफले सहभागिता मुलक कार्यक्रमहरु गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप नेफमा आवद्ध एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुको समेत सम्मान गरेका हौँ नेफका अध्यक्ष एवं प्याब्सन काठमाडौँका सदस्य नारायण रोकाले बताउनु भयो ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...