डीआईजी सिलवाल पक्राउ...

२०७४ बैशाख ११ गते १०:२३ मा प्रकाशित


dig-silwal११ बैशाख, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले हिरासतमा लिएको हो ।


सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।

आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

बयानका लागि जाने कि भन्नेबारे कानुनी परामर्श गरिरहेका बेला उनी पक्राउ परेको अधिवक्ता भट्टराईले बताए ।

स्रोतका अनुसार सिलवाललाई दिन दुई नम्बर गणका एसपी सोमबार विहानै उनको घरमा पुगेका थिए । त्यहाँ उनी नभेटिएपछि फरार रहेको भन्दै काठमाडौंमा प्रहरी परिचालन गरिएको थियो ।

विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरमा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले भने वरिष्ठ अधिवक्ता थापा गिरफ्तार गरेको नभई सिलवालले आफ्नो कानुन व्यवसायीका रुपमा साथमा लगेको बताएको छ ।

You may also Like this

थप समाचार

दसैँ भ्याउन छिटोछिटो मतगणना
दसैँ भ्याउन छिटोछिटो मतगणना

काठमाडौं, असोज ३ । दुई दिनपछि नेपालीहरुको महान चाड दसैँ सुरु हुदैँछ। बिहिबार दसैँको घटस्थापना छ। त्यही दसैंमा घर जान तेस्रो च ...

५३ प्रतिशत मत खस्यो
५३ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ का ८ जिल्लामा अहिले मतदान भइरहेको छ । १३६ ओ ...

कमल थापा भन्छन्, अर्बौं चलखेल
कमल थापा भन्छन्, अर्बौं चलखेल

पोखरा, भदौ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आय ...

यमुना नदीमा डुंगा पल्टिदा २० जनाको ज्यान गयो, कयौ हराए
यमुना नदीमा डुंगा पल्टिदा २० जनाको ज्यान गयो, कयौ हराए

लखनउ, भदौ २९ । भारतको उत्तर प्रदेश राज्यको बागपतबाट करिब ६ किलोमिटर दुरीमा रहेको काठा गाउँ नजिकै यमुना नदीमा बिहीबार बिहान डु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...