नाकाबन्दीबारे बोलेनन् मोदी, रेल र जलमार्गबाट जोड्ने प्रतिवद्धता

२०७५ बैशाख २८ गते १४:२१ मा प्रकाशित


Narendra Modi - India Pm

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा सम्बोधन गर्दै नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको भएको बताएका छन् । नेपालले संविधान जारी गरेपछि त्यसमा रहेका प्रावधानहरुप्रति असन्तुष्टि व्यक्त गर्दै भारतले नेपालमाथी नाकाबन्दी लगाएको थियो । 

नाकाबन्दीपछि पहिलोपल्ट नेपाल आएका मोदीले त्यसबारेमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको थियो तर उनले आफ्नो सम्बोधनका क्रममा नेपाल र भारतबीचको सम्बन्ध कसैले पनि भत्काउन नसक्ने खालको बताए पनि नाकाबन्दीका बारेमा भने केही पनि बोलेनन् ।

“अगष्ट २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको रुपमा नेपाल आएको थिएँ,” मोदीले आफ्नो सम्बोधन सुरु गर्दै भनेका थिए, “संविधानसभामा पनि मैले भनेको थिएँ म जनकपुर आउँछु । तर आउन ढिला भएकोमा क्षमा माग्छु । भद्रकाली एकादशीका दिन मलाई सीतामाताले दर्शन दिनुभएको छ ।”

 

उनले आफू राजा जनकको राजधानी सीताको पवित्र भूमिमा आउने पहिलेदेखिकै इच्छा रहेको बताए । जानकी मन्दिरमा दर्शन गरेर मनोकामना पूरा गरेर जिवनमा धन्य भएको समेत उनले बताए ।
हिन्दीमा सम्बोधन गरेका मोदीले नेपाली भाषामा भने, “मेरो यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा र एउटा तिर्थ यात्रीको रुपमा रहनेछ  ।” उनले नेपाल र भारतबीचको मित्रता आजको होइन त्रेता युगको भएको बताएका थिए ।
“राजा जनकले अयोध्या र जनकपुर होइन भारत र नेपालालई बन्धनमा बाँधेका छन्,” मोदीले सम्बोधनका क्रममा भने, “यो राम सीताको बन्धन हो । रामेश्वर देखि पशुपति र लुम्बिनीदेखि बोधगयाको बन्धन हो ।” उनले यही बन्धनले आफूलाई जनकपुर ल्याएको बताएका थिए ।
उनले नेपाल र भारतको दुःख र सुख, आकांक्षा, सपना र संकल्प, मन र मन्दिर सबै एकै भएको बताएका थिए ।  “नेपालविना भारतको आस्था पनि अधुरो छ, नेपालविना भारतको इतिहास अधुरो हुन्छ,” उनले भने
मोदीले नेपाल र भारतलाई संकट आउँदा एकैठाउँमा उभिएको स्मरणसमेत गरे ।

 

“एकवर्षभित्र तीनवटा चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई दिन्छु,” मोदीले भने, “नेपालको इतिहासमा ७ प्रदेशमा सरकार बनेको छ। यो भारतलगायत यस क्षेत्रको लागि पनि गर्वको विषय हो ।”
उनले प्रदेश नम्बर २ का लागि १ सय करोडको सहायता घोषणा गरेका छन् । बाह्रखरीबाट

You may also Like this

थप समाचार

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग
गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति ...

रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...