पैसाको प्रलोभनमा विद्यार्थी राजनीतिलाई बदनाम गर्नेलाई म छोड्ने वाला छैन: नेविसंघ अध्यक्ष महर

२०७३ भदौ २९ गते १६:५९ मा प्रकाशित


नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको भर्खरै भएको अधिवेशनबाट निर्वाचित अध्यक्ष हुन नैन सिंह महर । डडेलधुराको ग्रामिण भेगमा जन्मिएका महर वि.सं. २०४६ साल देखि विद्यार्थी आन्दोलनमा सक्रिय छन् । उनै विद्यर्थी आन्दोलनका एक हस्ति तथा नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरसँग ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानिको संम्पादित अंश :-

nain-sing-mahar-chairman-nebi-sang

स्वागत छ 

धन्यवाद ।

आरामै हुनुहुन्छ ?

ठिक छ, आरामै छु ।

यस्तो व्यस्त देखिनु हुन्छ, दिनहरु कसरी बिताउनु हुन्छ नि ?

नियमित दिन चर्या छ । वास्तवमा प्लेटोले भनेजस्तै राजनीति गर्ने मान्छेले बिहे र घरवार जोड्न हुन्न भन्नुको अर्थ सम्पति कमाउन मात्र हैन कि परिवारका सदस्यलाई समय दिन पनि नभ्याइने एकखालको महसुस हुँदो रैछ त्यसका बाबजुद एउटा देशको लागि पार्टीको मर्फत समाजको रुपान्तरणको लागि सक्रिय एक कार्यकर्ता भएको हुनाले नियमित नै छ अलिकति व्यस्त भएको महसुस हुन्छ ।

कहिलेबाट राजनीति सुरु गर्नुभयो ?

४६ सालबाट डडेलधुरामै हाइ स्कूल पढ्दै राजनीति सुरु गरे त्यति बेला म हाइस्कूल मै अध्यक्ष थिएँ । त्यसपछि जिल्लाको उपाध्यक्ष, अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भए त्यसपछि केन्द्रीय उपाध्यक्ष निर्वाचित नै भएर आएँ र धेरै वर्षदेखि महाधिवेशन भएन सात वर्ष अगाडि नै नेविसंघको अध्यक्ष हुनुपर्ने थियो त्यो हुन सकेन । बल्ल अहिले २२/२४ वर्षको नेविसंघको यात्रा अनि ग्रामिण जनजीवन मेरो गाउँमा अहिले सम्म पनि मोटर पुग्न सकेको छैन, त्यहाँबाट काठमाडौँसम्मको सफर अलिकति चुनौति पूर्ण नै थियो यद्दपी नेविसंघमा हातहाल्दै गर्दा अध्यक्ष बन्छु भन्ने त सोचपनि थिएन तर बिस्तारै नयाँ नयाँ सोच नयाँ नयाँ कुराहरु देख्दै गएपछि मान्छेका ईच्छाहरु बड्दै जाँदा रहेछन् ।

त्यतिखेरको समय र यतिखेर अध्यक्ष भएको समय कस्तो लाग्छ ?

स्वभाविक रुपले अहिले अलिकति खुसि लाग्ने नै भयो । एउटा ग्रामिण समय, त्यो पनि दुर्गम एउटा मोटर देख्नलाई सात, आठ घण्टा हिँडेर सदरमुकाम आउनुपर्ने अवस्था त्यो बेला सामान्य सोच थियो तर त्यो सोच बिस्तारै विकसित हुँदै गयो र विशेषगरी सेरबहादुर देउवाले नेतृत्व गरेको जिल्ला भएको र उहाँको राष्ट्रिय राजनीतिमा भएको पहुँचका कारणले एकखाले उत्प्रेरणा गर्यो होला एकखाले महत्वकांक्षा जाग्यो होला र त्यसैले यहाँसम्म ल्यायो, अझ एउटा सिपाहीबाट त्यसको चिफ बन्ने अवसर आएको छ, कार्यकर्ताबाट त्यसको अन्तिम बिन्दु नेता अर्थात नेतृत्व लिने अवसर प्राप्त भएको छ यद्दपी मैले नेपालको शैक्षीक सवालमा समाज रुपान्तरणको सवालमा नेपाली काँग्रेसको भातृ संगठन जसलाई हामी नेपाली काँग्रेसको नर्सरी भन्छौ जो प्रोडक्सन गर्ने ठाउँ हो जुन ठाउँमा मैले दिएका धारणाहरु जति पनि साथिहरुसँग मैले कुराहरु गरेको छु मसँग जति आशा गर्नु भएको छ, त्यो आशा पुरा गर्न कठिन कठिन भएको छ तर यात्रा रोकिदैन ।

जुन ठाउँमा तपाई पुग्नु भएको छ ,अब के गर्छु जस्तो लाग्छ ?

मलाई खड्केको विषय नेपालको ग्रामिण जनजीवनमा नेपालको प्रारम्भिक शिक्षा बडो दयनीय छ, शिशुु कक्षाका नानीहरु जतिबेला ८५ प्रतिशत दिमाग विकास भएको हुन्छ त्यतिबेला राज्य बेखवर हुन्छ कुनै दायित्व लिदैन सहर केन्द्रीत केही मन्टेश्वरी बाहेक ग्रामिण जनजीवनमा यो अत्यन्तै दयनीय छ । ग्रामिण जनशक्तिको बाहुल्य छ नेपालमा त्यसलाई नसुधारी यो नेपालको शिक्षामा परिवर्तन हुन्छ भन्ने पक्षमा म छैन त्यसकारण राज्यको लगानि यसमा हुन जरुरी छ ।

ग्रामिण पक्ष त परको कुरा तर यही शहरका क्याम्पसमा राजनीतिले विकृति निम्त्याएको छ भन्छन नि ?

म त्यही कुरा जोड्दै छु, मैले म अध्यक्ष भैसकेपछि १ देखि ८ र ८ देखि १२ सम्म राजनीतिक संगठन गर्न हून्न भन्ने कुरा उठाएको छु । केही संगठनका साथीहरूले मानेको अवस्था छैन तर मैले म अध्यक्ष भैसेकेपछि पहिलो बैठकमा अन्तर्रास्ट्रिय सन्धिमा नेपालले हस्ताक्षर गरेको नेपालले १६ वर्षसम्म कुनै पनि राजनीतिक संलग्नता हुन पाइने छैन भन्ने कुरा कार्यान्वयन हुनुपर्छ भन्ने निर्णय गरेर अरु राजनीतिक संगठनमा पनि राख्छु भन्नेकुरा परित गरेको छु । यसमा अरु विद्यार्थी संगठनका साथिहरुले मानिदिनु पर्छ भन्ने सुझाव रहेको छ । त्यसैगरी विश्वविद्यालयमा ठुलो राजनीति भयो भन्ने खालको कुराहरु आए र यसलाई सुधारको लागि पहलकदमी भैरेको छ खुला प्रतिस्पर्धाको आधारमा नियुक्ति हुनुपर्छ भन्नेकुरा हामीले राख्यौ त्यसैगरी हरेक क्षेत्रमा एउटा मेडिकल कलेज, एउटा इन्जिनियरिङ कलेज, कृषि क्यम्पस स्थापना हुनपर्छ । त्यो पनि सरकारले खर्च ब्यहोर्ने गरी भन्ने कुरा राखेका छाँै । त्यो कार्यान्वयन हुनपर्छ मलाई अझ बढी खड्किएको कुरो चाँही मेडिकल, ईन्जिनियर पढ्न जुन सजिलै जब पाईन्छ त्यो पढ्न ७५ प्रतिशत भन्दा बढी जनताका छोराछोरीहरुले सकिरहेका छैनन् पैसा नभए वापत अथवा गरिब भए वापत स्वास्थ्य शिक्षा जस्ताकुरा पढ्न नपाउने हो भने उसको राज्यप्रति सोच के होला, त्यसैले कल्याणकारी राज्यले त्यसको पनि प्रबन्ध मिलाउनु पर्छ । हामी नीजि करणका बिरोधी हैनौ तर कमसेकम राज्यले पनि जिम्मेवारी लिन पर्यो त्यसैले जति पनि त्यस्ता शिक्षालयहरु खुलेका छन् त्यहाँ गरिबले पनि पढ्न पाउनु पर्छ भनेर भनेका छाँै ।

nain-sing-mahar-with-rabi-bhattarai

पैसा नभएर पढ्न नपाएकाप्रति तपाईको धारणा के छ ?

युरोपमा के हुँदो रहेछ भने, बाबु आमा काम गर्ने काम गरे वापत ५० प्रतिशत ट्याक्स बुझाउनु पर्ने तर बालबच्चा तथा उनिहरुको शिक्षा र स्वास्थ्य निःशुल्क हुने, कतै न कतैबाट त राज्यले लिन्छ तर यहाँ त त्यस्तो छैन नि राज्य भनेको पनि जनता नै हो जो संग पैसा छ त्यसले नै गर्ने हो यहाँ त जातीय हिसावमा हेरिन्छ, एउटा करोडपति दलितको छोराले कोटाको नाममा एमबिबिएस पढ्छ तर लमजुङको हलो जोतेर जीबिका चलाउने बाहुनको छोरो आफू क्यापेवल भएर पनि पढ्न पाउँदैन, हो म जातियताको बिरोधि हुँ वर्गियताको पक्षपाति हुँ अवस्था हेरेर हुन्छ । तिर्न सक्ने दलित छ भने तिरेर पढ्नु पर्यो नि, त्यो अवसर हलो जोतेर जिबिका चलाउने बाहुनको छोराले पाउनु पर्यो ।

अबको तपाईको एजेण्डा के ?

जति मैले नेपाल विद्यार्थी संघको चुनाव ताका कमिटमेन्ट गरेको छु त्यो एक महिना भइसक्यो अब २३ महिना भित्र पुरा हुन्छ, अर्को कुरा नेपाल सरकारको मामदण्ड अनुसार, निर्देशिका विपरित गएर सुल्क वृद्धि गर्ने नीजी वा सरकारी कुनैपनि शैक्षिक संस्था हुन् तिनलाई हामी छोड्नेवाला छैनौँ अनुगमन बढाउँछौ र राज्यलाई कारबाही गर्न बाध्य बनाउँछौ ।

विद्यार्थी आन्दोलनमा नेतृत्व गर्ने नेताहरुले पैसाको प्रलोभनमा परेर आन्दोलन नै तुहाउँछन भनिन्छ नि ?

मैले अध्यक्ष भएर पहिलो स्टेटमेन्ट निकालेको छु, विद्यार्थी राजनीतिलाई बदनाम हुने गरी पैसा उठाउने र पैसाको प्रलोभनमा परेर विद्यार्थी राजनीतिलाई बदनाम गर्नेलाई हामी कारवाही गर्छौ । आफूसँग पैसा छैन भने कलेजको गेटमा ताला लाएर नेबिसंघ जिन्दावाद भनेर पाँच हजार पाएपछि ताला खोल्ने प्रवृति भएका लाई कारबाही गरिन्छ । अन्त्यमा केही भन्नु छ कि ? अन्त्यमा अब २ वर्ष भित्रै शिक्षा, स्वास्थ्य तथा समाज रुपान्तरणका कामहरु गरेर वैधानिक रुपमा अधिवशन गराउनु पर्ने छ यसमा सबैको साथ र सहयोगको अपेक्षा राख्छु ।

समय दिनुभयो धेरै धेरै धन्यवाद 

यहाँहरुले पनि मलाई कुरा राख्ने अवसर दिनुभयो धन्यवाद छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरसँगको भिडियो कुराकानी हेर्न तल क्लिक गर्नुहोस् :-

You may also Like this

थप समाचार

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...
२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...

८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् । उनले अमेरिकी अखबार &ls ...

माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्ष ...

चार अर्ब बढीको शेयर कारोबार !
चार अर्ब बढीको शेयर कारोबार !

७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...