नार्इ भन्ने ताकत

२०७४ मंसिर ११ गते २३:२७ मा प्रकाशित


  • डा. योगी विकाशानन्द

dr. yogi bikasandana
उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भने –म पढ्नकोलागी जन्मेकै हैन, म त कलाकार हुनको लागी पो जन्मेको । मैले आमाको दूध पीए देखी नै छेनी र मुँग्राप्रतिको लगाव बनाएको हुँ ।

यसो भन्ने कलाकार अरू कोही हैनन्, विश्वविख्यात एवम् कालजयी कलाकार माइकलएन्जेलो हुन् । आफूलाई मन नपरेको कुरालाई नाई भन्न सक्नुकै कारण उनी महान बनेका हुन् भन्दा अतिशयोक्ति नहोला ।

यस्तै कुरा, सानो छँदा पेलेले पनि आप्mना शिक्षकहरूलाई भनेका थिए । उनी सानैदेखि फुटबलमा रमाउने मात्र हैन मरि–मेट्ने व्यक्ति हुन् । यहाँ मरिमेट्ने शब्द माथी ध्यान दिनु पर्दछ , किनभने यिनै गुणबाट महापुरुषको अवतरण हुने हो । अतः उनमा यो गुण जन्मजातै देखियो । घरदेखि स्कुलसम्म आउँदा पनि उनी झुम्रोको बल बनाई खेल्दै स्कुल पुग्थे । यसरी पढाइभन्दा बलमाथीको लगाव–प्यार देखेर शिक्षकहरूले उनलाई हकार्नु हकारेका थिए तर उनमा पनि सबै महापुरुषमा हुने ताकत थियो– नार्इँ भन्ने । उनले ठाडै भने– सर म पढ्नको लागी हैन, खेल्नको लागी जन्मेको, फुटबल खेल्नको लागी । यी फुटबल मेरो रगतको नशा–नशामा बगिरहेको छ ।

त्यसबेला पटमूर्ख ठानिएका यी विद्यार्थी ब्राजिलका भाग्य बिधाता बन्न् सफल भए । उनले फुटबलको माध्यमबाट ब्राजिललाई विश्वसामु ल्याईदिए । किनकि उनले पनि नाईँ भन्ने ताकत नै प्रयोग गरेका जो थिए ।

यहाँनिर एकजना केटाको प्रसंग अत्यन्त मननिय छ । एक जना ब्राजिलकै केटालाई उनका आमा–बाबा वकिल बनाउन चाहन्थे । तर त्यो केटा भने साहित्य पढ्न चाहन्थे । आमा–बाबाले उनलाई जबर्जस्ती कानुन पढाउन वाध्य पारी छाडे । उनले नाईँ–नास्ती गर्न सकेनन् । र त मन परेको विषय छोड्नुको पीडा र मन नपरेको विषय पढ्नुको दोहोरो मार उनले झेल्नु प¥यो । परिणाम रु परिणाम स्वरूप उनी डिप्रेसनको शिकार भई थला परे । बल्ल उनका अभिभावकहरूले आफ्नो गल्ती ठम्याउन पाए । पछि छोरोलाई जे मन लाग्छ त्यही पढ भनी छोडी दिए । त्यसपछि उनले साहित्य सृजना गर्न थाले । नभन्दै उनी विश्व–बिख्यात साहित्यकार बने । आज उनको किताब संख्याको हिसाबले सबभन्दा बढी बिक्नेमा पर्छ । उनको नाम हो पाउलो कोइलो । यस्ता अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण थियो– आमा बाबाको प्रस्तावलाई नाईँ भन्न नसक्नु ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...