९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए !

२०७४ जेष्ठ ५ गते १२:५६ मा प्रकाशित


Kantika-Chandra-and-Sima-Women-Mayer५ जेठ, काठमाडौं । पहिलो चरणमा स्थानीय निर्वाचन भएका २८३ स्थानीय तहमध्ये ४ महानगरपालिका र ९२ नगरपालिकामा महिला कतिजना प्रमुख निर्वाचित होलान् ? भरतपुरमा रेणु दाहाल बाहेक महानगरपालिकामा मेयर जित्ने सम्भावना भएका कुनै पनि दलले महिला उम्मेदवार दिएका छैनन् ।


पोखरामा राप्रपाकी गीता गुरुङ मेयरको प्रतिस्पर्धामा धेरै पछाडि परिसकेकी छन् । काठमाडौंमा विवेकशील दलकी रन्जु दर्शना तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् । पहिलो चरणमा निर्वाचन भएको एकमात्र उपमहानगरपालिका हेटौंडामा पुरुषबीच नै प्रतिस्पर्धा भइरहेको छ ।

९२ नगरपालिकामध्ये मेयर जित्ने महिला तीनजनामात्र भएका छन् । पुरुषसँग प्रतिस्पर्धा गरेर मेयर जित्ने महिलामा जुम्ला चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल, नवलपरासी कावासोती नगरपालिकाकी चन्द्रा पुन र स्याङ्जा पुतलीबजारकी सीमी क्षेत्री हुन् । यी मध्ये चन्द्रा पुन र सीमा क्षेत्री एमालेका हुन् भने कान्तिका सेजुवाल कांग्रेसकी हुन् । मेयरको प्रतिस्पर्धामा रहेका केही महिलाहरु बिजयी हुन सकेनन् ।

चन्द्रा पुन, कावासोती नगरपालिका मेयर

नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा निर्वाचित चन्द्रा पुन संघर्षशील महिला नेतृ हुन् । मधेसी, थारु र पहाडे मिश्रति बसोबास रहेको कावासोती जस्तो ठूलो नगरपालिकामा मेयर जित्न उनले निकै कठिन प्रतिस्पर्धा गरिन् ।

राजनीतिमा लागेर निरन्तर महिला आन्दोलनको अगुवाई गरेकी पुन अविवाहित हुन् । उनको इमान्दारिता, निरन्तरता र पार्टीमा क्रियाशीलता नै मेयर जित्ने आधार बन्यो । चन्द्राले १३ हजार ४१ मत प्राप्त गरी कांग्रेसका महेन्द्र पोखरेललाई पराजित गरेकी हुन् ।

सीमा क्षेत्री, पुतलीबजार नगरपालिका मेयर

 

स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा निर्वाचित सीमा क्षेत्री पनि संघर्षशील महिला नेतृ हुन् । उनी शिक्षकबाट अवकाश भएपछि एमालेको राजनीतिमा सक्रिय भएकी हुन् । शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत भइसकेकी क्षेत्री अहिले एमालेको प्रदेश कमिटी सदस्य छिन् ।

उनले १० हजार २४९ मत प्राप्त गरेर पुतलीबजार नगरपालिकाको मेयर जित्दा कांग्रेसका प्रभावशाली नेता तुलसीराम रेग्मी १० हजार २० मतमा रोकिए ।

कान्तिका सेजुवाल, चन्दननाथ नगरपालिका मेयर

कर्णाली जस्तो पिछडिएको क्षेत्रबाट मेयर निर्वाचित भएकी कान्तिका सेजुवाल पनि अहिले चर्चामा छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित कान्तिका सेजुवाल कांग्रेसका पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी हुन् । जुम्लाका लोकप्रिय नेता सेजुवालको विमान दुर्घटनामा मृत्यु भएको थियो ।

कान्तिकाले चन्दननाथ नगरपालिकाको मेयरमा २ हजार ७७७ मत प्राप्त गरी एमालेका शान्तिलाल महतलाई पराजित गरेकी हुन् ।

नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई सिफारिस गरेपनि कांग्रेस केन्द्रीय कार्यालयले कान्तिका सेजुवाललाई टिकट दिएको थियो । त्यसविरुद्ध जुम्लामा विरोध प्रदर्शन भएको थियो ।

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...