आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना

२०७३ पुस २८ गते १५:५२ मा प्रकाशित


nabindra-raj-joshiभक्तपुर, २८ पुस । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताउनुभयो । उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उहाँले युवा लक्षित उद्योगको विकास जरुरी रहेकाले सरकारको ध्यान यसतर्फ केन्द्रित भएको बताउनुभयो । मन्त्री जोशीले देशको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल र अनुराधा थापामगरले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आव २०७४÷७५ का लागि रु १९ करोड ४५ लाख ४८ हजारको बजेट सार्वजनिक गर्नुभयो । नगरपालिकाको आन्तरिक स्रोतबाट रु छ करोड ५५ लाख, बाह्य स्रोतबाट रु १२ करोड ९० लाख ४८ हजार, चालु खर्चतर्फ रु पाँच करोड ३५ हजार र पुँजीगत खर्चतर्फ रु १४ करोड ४५ लाख १३ हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिनुभयो । 

You may also Like this

थप समाचार

इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै
 इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै

काठमाडौं माघ २६ । २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव् ...

समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह
समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गर ...

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...