मुम्बई इन्डियन्स (आइपीएल) क्रिकेट अंक तालिकाको शीर्ष स्थानमा

२०७४ बैशाख ८ गते १२:०० मा प्रकाशित


mumbai-indiansइन्दौर, वैशाख ८ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न म्याचमा मुम्बई इन्डियन्सले किङ्ग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ ।


पहिले ब्याटिङ गर्दै पञ्जावले ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको लक्ष्य मुम्बईले २७ बल खेल्न बाँकी छँदै पुरा गरेको हो ।

मुम्बईको जितमा जोस बटलर र नितिश राणा नायक बने । बटलरले ३७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ७७ रन बनाए । त्यस्तै अर्का प्रारम्भिक ब्याट्सम्यान पार्थिव पटेलले १८ बलमा ३७ रन बनाए ।

त्यस्तै २९ बलमा अर्द्धशतक पुरा गरेका नितिश राणाले ३४ बलमा ६२ रन बनाउँदै जित दिलाए । राणाले ६२ रन बटुल्ने क्रममा एउटा पनि चौका प्रहार गरेनन् । बरु उनले सात छक्का प्रहार गर्दै आफ्नो पारीलाई विस्फोटक तुल्याए ।

त्यसअघि पञ्जावका ब्याट्सम्यानले पनि विस्फोटक ब्याटिङ गर्दै उच्च योगफल बनाएका थिए । हासिम आमलाले ६० बलमा एक सय ४ रनको शानदार पारी खेले भने कप्तान म्याक्सवेलले १८ बल मै ४० रन बनाए । तर पञ्जावका बलरहरुले फितलो प्रदर्शन गर्दा मुम्बईले फराकिलो जित हात पारेको हो ।

यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मुम्बईले ६ खेलबाट पाँच जितका साथ १० अंक बटुलेर शीर्षस्थान कब्जा गरेको हो 

You may also Like this

थप समाचार

कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै
कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै

काठमाडौं, असार ९ । गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भए ...

सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्
सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्

९ असार, काठमाडौं । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मुख्य आयुक्त यादवले आफूहरु निर्वाचनको अन्तिम तयारीम ...

मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?
मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?

९ असार । जनप्रतिनिधिका लागि मोबाइल खरिद गर्ने निर्णय काठमाडौं महानगरपालिकाको निर्णयको चर्को विरोध भएपछि मेयर विद्यासुन्दर शाक ...

कतारको दुखेको घाउमा इरानले यसरी लगायो मल्हम !

९ असार। साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...