मुगाबेले बाँचुञ्जेल मासिक डेढ लाख डलर तलब पाउने

२०७४ मंसिर ११ गते ०८:३८ मा प्रकाशित


mugabe

गत हप्ता राजीनामा दिएका जिम्वाबेका शासक रोर्बट मुगाबेलाई सरकारले बाँचुञ्जेल मासिक डेढ लाख डलर तलब दिने भएको छ। यो उनले राष्ट्रपति हुँदा पाइरहेको तलब बराबर हो।

मुगाबेले राजीनामा दिनुअघि भएको सहमतिमा सरकारले उनलाई  एकमुष्ट रूपमा पनि रकम उपलब्ध गराउने उल्लेख छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुगाबेले ‘गोल्डेन ह्यान्डसेक’ रूपमा  १ करोड डलरभन्दा बढी रकम पाउने बताएका छन्। तर उनले पाउने आधिकारिक रकम भने जिम्वाबे सरकारले खुलाएको छैन। उनको मृत्युपछि पत्नी ग्रेस मुगाबेले आधा तलब पाउनेछिन्।

३७ वर्ष शासन गरेका मुगाबेलाई सरकारले कुनै विषय मुद्दा नचलाउने सर्तमा उनले राजीनामा दिएको बताइएको छ।

सैनिकद्वारा नजरबन्दमा परेर संसदमा महाअभियोगको तयारी भएपछि ९३ वर्षीया मुगाबेले गत हप्ता पदबाट राजीनामा दिएका थिए।

सन् १९८० मा जिम्वाबेको सत्तामा आएका मुगाबेले पत्नीलाई उत्तराधिकारी बनाउन खोज्दा व्यापक विरोध भएको थियो।

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...