“मदर बम” आक्रमणमा ९४ जना लडाकु मारिए

२०७४ बैशाख २ गते १३:१८ मा प्रकाशित


mother-bombबैशाख १, जललाबाद । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट ९आइएस० लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो बम हमलालाई अहिले सम्मकै सवै भन्दा शक्तिशाली बम हमलाको रुपमा लिइएको छ । पहिलो पटक भएको सबैभन्दा शक्तिशाली बम हमलामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अफगानी अधिकारीले बताएका छन् ।


बमहरुको आमा मानिने एमओएबी बम आइएस लडाकूको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीले बताएका छन् । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ । इराकसँग युद्ध भएका बेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो । छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एयर फोर्सका अनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो ।

पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा बिहीबार झन्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो ।
सुरुङभित्र रहेका आइएस लडाकूलाई लक्षित गरी अमेरिकी विमानमार्फत आक्रमण भएको बताइएको छ । घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ ।

आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ९२ जना आइएस लडाकु मारिएको शनिबार एएफपीलाई जानकारी दिनुभयो । नानगारहार प्रान्तका प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले पनि कम्तीमा ९० जनाको मृत्यु भएको बताउनुभयो ।

अफगानि अधिकारीहरुले यसअघि कम्तीमा ३६ जनाको मृत्यु भएको बताएका थिए । शिनवारीले सर्वसाधारण तथा सरकारी सेनातर्फका कसैको पनि मृत्यु नभएको दावी गर्नुभयो । रासस÷एएफपी

You may also Like this

थप समाचार

दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्
दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...

आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे
आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् । दिल्ली डेयरडेभिल्सब ...

घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित् ...

नेपालमा कलेजोरोगको समस्या बढ्दो
नेपालमा कलेजोरोगको समस्या बढ्दो

कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।  काठमाण्डौँ माघ २६ । खानपान र जीवनशैलीका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...