कति महँगो स्कूल ! वार्षिक फि साढे दुई करोड !

२०७३ चैत्र १७ गते १२:४३ मा प्रकाशित


१७ चैत । आजकाल केटाकेटीको स्कुल फि सुन्दा जिभ्रो टोक्नुपर्ने अवस्था छ । विभिन्न बहानामा निजी स्कुलहरुले दिन प्रतिदिन फि बढाइरहेका छन् ।

यो विश्वकै सबैभन्दा पुरानो स्कुलमध्येमा पर्छ । यो स्कुलको स्थापना १८८० मा पल एमिली कार्नरले गरेकी थिइन् । देशका ठूला उद्योगपति र धनाढ्यका बच्चाहरु यस स्कुलमा पढ्छन् ।तर स्वीट्सजरल्यान्डको एउटा स्कुलको फि सुन्नुभयो भने तपाईं बेहोस हुनुहुने छ । इन्टरनेसनल बोर्डिङ स्कूल इन्स्टीच्युट अफ ले रोजे नामको यस प्रख्यात स्कुलमा एक विद्यार्थिको वार्षिक फि करिब अढाई करोड रुपैयाँ पर्न आउँछ । अर्थात् मासिक २० लाखभन्दा बढि । यसमा एकेडेमिक फिको अलावा बोर्डिङ, लजिङ लगायत अन्य खर्चहरु पनि जोडिएको हुन्छ ।

स्कुलमा केवल पाँच विद्यार्थीको लागि एक शिक्षकको व्यवस्था गरिएको छ । यहाँका सबै विद्यार्थीहरु बोर्डिङ हाउसमा नै बस्छन् जुन स्कुल भवनकै भित्र बनाइएको छ । पाठ्यक्रम अंग्रजी तथा फ्रेन्च भाषामा छ ।

यहाँ विद्यार्थीहरुलाई खेलकुदका प्रशस्त सुविधाहरु छन् । फस्र्ट टर्ममा घोडसवारी र ब्याडमिन्टन, सेकेन्ड टर्ममा स्किइङ र स्ट्रोबोर्डिङ राखिएको छ भने थर्ड टर्ममा टेनिस र डान्स छन् ।

यस स्कुलमा विद्यार्थी जम्मा चार सय छन् । पहाडका बीच सुन्दर इलाकामा यो स्कुल अवस्थित छ ।

You may also Like this

थप समाचार

एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)
एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले एसईई सम्मान तथा शुभकामना आदान&nda ...

न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति
न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति

काठमाडौँ । राहत शिक्षक समिति काठमाण्डौले शनिबार उत्तर पूर्वी भेगीय समिति गठन गरेको छ । केन्द्रीय राहत शिक्षक समिति संयोजक खे ...

२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे
२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे

विराटनगर, भदौ ३० । विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली ...

नेपाललाई १२२ रनको टार्गेट, ऐरी एक्लैले लिए पाँच विकेट
नेपाललाई १२२ रनको टार्गेट, ऐरी एक्लैले लिए पाँच विकेट

काठमाडौं, भदौ ३१ । मलेसियामा जारी एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका नेपालले मलेसियाबाट १२२ रन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...