मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

२०७४ पुस ४ गते २२:१५ मा प्रकाशित


krishna bahadur bohara

(१) पृष्ठभूमी

      मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन्टेश्वरीलाई विर्सने कुरै भएन । उहाँ एकजना भौतिक शास्त्री तथा शिक्षिका पनि हुनुहुन्थ्यो । आफ्नो पढाइ सकाएपछि शैक्षिक क्षेत्रमा पहिलोपटक पाइला टेक्दै सन् १९००–१९०१ सम्म इटालीको अर्थोफ्रोनिक विद्यालय (Orthophrenic School) मा मानसिक अपाङ्गता भएका केटाकेटीहरुलाई अध्यापन गराउने क्रममा डा. मन्टेश्वरीले ती केटीहरुलाई हिड्न, चम्चाको प्रयोग गर्न तथा नानीहरुको अभिव्यक्त गर्ने क्षमता बढाउनको लागि विभिन्न वास्नाको दृश्यको, आवाजको प्रयोग मार्फत विभिन्न क्रियाकलापहरु सफल रुपमा गराउने भएको थियो । यी नै क्रियाकलापहरुलाई आज मन्टेश्वरीको भाषामा Sensorial Training भनेर परिभाषित गरिएको छ ।

डा. मन्टेश्वरीले “Arthophrenic School” मा काम गर्नुको साथै “Scientific Pedagogy” शिर्षकमा Elementary Schoolमा मानसिक अध्ययन र शोधपत्र कार्य तयार गरिन जसको उदेश्य समग्र शिक्षा पद्धतिमा नै नयाँ विधिको विकास गर्नुथियो । यसरी विधिन्न प्रयासहरुबाट व्यवहारिक रुपमा विभिन्न सामाग्रीहरुको प्रयोगबाट सानानानीहरुलाई सफलताका साथ शिक्षा दिने मारिया मन्टेश्वरीद्धारा प्रतिपादित विधि आज विश्वभरि “Montessori Method” को रुपमा परिचित छ । इटालीबाट शुरु भएको यो शैक्षिक वातावरण भित्रको नयाँ विधि हाल नेपालमा समेत यसको बजार निकै फस्टाएको छ ।

(२) नेपालमा मन्टेश्वरी प्रविधिमा आधारित शिक्षाको अवस्था ।

नेपालमा मन्टेश्वरी पद्धतिमा आधारित शिक्षण विधि यही समयदेखि शुरु भएको हो भन्ने एकिन तथ्य नभए पनि विगत १०–१२ वर्ष यता यसको प्रभाव नेपालको शिक्षा क्षेत्रमा निकै रहेको छ । नेपालका प्रत्येक शहरमा मन्टेश्वरी प्रिस्कुल नभएको ठाउँ बिरलै होला । पछिल्लो समय यति सम्म भैसक्यो कि प्रत्येक शहरका गल्ली गल्लीका भवनहरुमा मन्टेश्वरी होम, प्रिस्कुल लेखिएका टुल, व्यानर प्रसस्त देखिन्छ । यसले के कुरालाई संकेत गर्छ भने नेपाल जस्तो अल्प विकसित मुलुकमा समेत विश्वव्यापी शैक्षिक परिवर्तनको प्रभाव छ ।

हिजोका सुरुवाती दिनहरुमा समाजका शिक्षित वर्गका व्यक्तिहरुले समेत आत्मसाथ गर्न अप्ठ्यारो मानेको यो प्रविधिले आज समाजका हरेक तह र तप्काका अभिभावकहरुको मनछुन सफल रहेको छ । यति हुँदा हुँदै कहिले काहीँ प्रश्न उठ्ने गरेका छ कि के नेपालमा साँच्चिकै सही मन्टेश्वरी विधि पूर्ण रुपमा प्रयोग भएका छन् त? यो प्रश्नलाई हल गर्नको लागि सबैभन्दा पहिला यसका सरोकारवालाहरले कसरी बुझेका छन् भन्नेकुरा जान्नु जरुरी छ । आज भोलि अभिभावकहरुले मन्टेश्वरीमा नानी भर्ना गरेपछि समग्रमा गुणस्तरीय, राम्रो शिक्षाप्राप्त हुन्छ भन्ने विश्वास अनि आशा राख्दछन् जसमा असल संस्कार सँगसँगै, सफा र राम्रा अक्षर, उत्कृष्ट पढाइ, अंगे्रजी फरर बोल्न सक्ने आदि आदि पर्छ । यी यावत कुराहरुलाई मध्यनजर गर्दा मन्टेश्वरी विद्यालय सञ्चालकहरुले यो एउटा व्यवसाय पनि भएको कारणले अभिभावकहरुको चाहना पुरा गर्न जमर्को गर्नैपर्ने हुन्छ । त्यसकारण हाल नेपालमा सञ्चालित मन्टेश्वरीहरु अधिकांशले “एकिकृत शिक्षण विधि”अपनाएको पाइन्छ। त्यसकारण नेपालमा जसरी यूरोपबाट मन्टेश्वरी प्रविधिको सुरुवात र प्रयोग भयो ठ्याक्कै उस्तै छ भन्न सक्ने स्थिति भने छैन ।

३) के हो “एकिकृत शिक्षण विधि ? (Integrated way of teaching methodology)

नेपालमा विगत निकै लामो समयदेखि चलिआएको शैक्षिक प्रणाली, पाठ्यक्रम शिक्षण शैलीमा तात्विक भिन्नता अझै पनि देखिँदैन । सरकारी स्तरबाट शैक्षिक क्षेत्रमा परिवर्तनको लागि, आधुनिक विधि अपनाउने तथा शैक्षिक सामाग्रीहरुको भरपुर प्रयोग गर्न सकिने खालका पाठ्यक्रम तर्जुमा तथा योजना बनाउन तथा लागु गर्नको लागि त्यस्तो हस्तक्षेपकारी भूमिका अझै भएको देखिँदैन । तर यति भन्दै गर्दा अहिलेको युगमा नेपालमा चलिरहेका निजी शैक्षिक संस्थाहरुले भने नयाँ नयाँ विधि–प्रविधि भित्र्याउनमा निकै ठूलो भूमिका खेलेका छन् ।

अब कुरो गरौं मन्टेश्वरी प्रिस्कुलमा “एकिकृत शिक्षण विधि”किन र कसरी हुन्छ भन्ने सन्दर्भको । एकिकृत शिक्षण विधि भनेको अहिलेको समयमा नेपालमा परम्परागत चलिरहेको शिक्षण विधि अन्तर्गत पढाइ हुने पाठ्यक्रम र मन्टेश्वरी विधि दुईवटै विधिलाई सँगसँगै प्रयोगमा ल्याएर गरिने शिक्षण विधिलाई एकिकृत शिक्षण विधि भनिएको हो । मन्टेश्वरी प्रविधिका क्रियाकलापहरुका साथ साथै परम्परागत शैक्षिक प्रणालीलाई साथ साथै लैजाँदा अभिभावकहरुले सोचे जस्तो शैक्षिक गुणस्तर हासिल गर्न सजिलो पर्ने र मन्टेश्वरी तह पुरा गरी औपचारीक शिक्षाका लागि कक्षा १ मा भर्ना हुन जाँदा साना विद्यार्थी भाइबहिनीहरुलाई शैक्षिक रुपमा समेत असर नपर्ने भएकोले नेपालका धेरै जसो मन्टेश्वरी प्रिस्कुलहरुले यो विधि अपनाएको पाइन्छ । यस्तो वातावरणमा हुर्किएका नानीहरुको शैक्षिक, मानसिक तथा साँस्कृतिक पक्षको पनि राम्ररी विकास भएको पाइन्छ । त्यसकारण पनि “एकिकृत शिक्षण विधिको”प्रभावकारिता रहेको छ ।

४. मन्टेश्वरीमा अभिभावकलाई आर्थिक भार छ ?

 वास्तवमा नेपालको परिपेक्षमा हेर्ने हो भने आर्थिक पक्षको कुरा गर्दा विभिन्न कारणहरु छन् जसले गर्दा फरक फरक मन्टेश्वरीमा फरक फरक सेवा शुल्क रहेको पाइन्छ । यो आपैंmमा एउटा निजि क्षेत्रको लगानी रहेको सेवामुखी व्यवसाय हो । साधारणत अर्थशास्त्रको नियमले पनि जहाँ लगानी हुन्छ त्यहाँ नाफाको आशा हुन्छ नै । विद्यालयको फरक अवस्थिति, लगानीको मात्रा तथा त्यसले उपलब्ध गराउने सुविधाको आधारमा यसको शुल्क पनि फरक फरक रहेको पाइन्छ । आज भोलि शहर बजारमा मासिक शुल्क रु.३५००/– देखि रु.१८,०००/– सम्म चलेको पाइन्छ ।

वास्तवमा ती साना नानीहरुको लागि उचित स्याहारको प्रबन्ध, पूर्ण पारिवारिक वातावरण, उचित सुत्ने खाने व्यवस्था आदि सम्पूर्ण कुराहरुको चाँजो पाँजो मिलाउनु पनि कम चुनौती पूर्ण भने छैन । यी सबै सुविधाको लागि पक्कै पनि स्याहार सुसारको लागि गर्नुपर्ने परिश्रम सामना गर्नुपर्ने चुनौतिहरु, बजार मुल्य, सबै कुराहरुलाई ध्यानमा राख्ने हो भने फेरि नेपालमा मन्टेश्वरीमा आधारित शिक्षा खासै महङ्गो छैन । विश्वभरी खुल्ला अर्थतन्त्र तथा खुल्ला बजार नीति अबलम्वन गरेका मुलुकहरुमा पनि निजी लगानीका क्षेत्रहरुलाई हेर्ने हो भने पनि फरक फरक संस्थाको शुल्कहरु पmरक फरक हुने गर्छन् र उपभोक्ताहरुले पनि आप्mनो अवस्था अनुसार नै सुविधा लिने गरेका हुन्छन् । नेपालमा पनि अभिभावकहरुले आर्थिक रुपमा आफ्नो अनुकूल हुने गरी मन्टेश्वरी प्रिस्कुलबाट सेवा लिने गरेको पाइन्छ ।

५) अबको दिनमा नानीहरुका लागि शिक्षा कस्तो हुनुपर्छ ?

वास्तवमा अझै पनि नेपाल भरिका अधिकांश विद्यालयका साथ साथै कति मन्टेश्वरीहरु पनि यस्ता छन् जो एक झोला किताब बोकाएर पाँच वर्षको बच्चालाई दिन भरि किताब रटाउने र लेखाउने गर्ने अनि उसको दिमागमा भरिदिएका कुराहरु भन्न र लेख्न लगाएर आहा! गुणस्तरीय शिक्षा भनेको यो पो हो भनेर मख्ख पर्नेको जमात कम छैन । यो समाजमा कति पढेलेखेका अभिभावकरु प्नि छन् जो शिक्षण विधि तथा सामाग्रीको प्रयोगमा परिवर्तनलाई झट्ट आत्मसाथ गर्न सक्दैनन् । यति बेला भने विद्यालयले गर्न खोजेको परिवर्तनलाई सफल बनाउन निकै संघर्ष गर्नुपर्छ तर जब परिवर्तनले एउटा रुप लिन थाल्दछ तब बिस्तारै ती सबै कुराहरु स्वीकार्य बन्दै जान्छन् ।

आजसम्म जे–जसरी चल्यो चल्यो । अब भने सोच्ने बेला भैसकेको छ । कलिला बाल मस्तिष्कका ती नानीहरुलाई किताबको भारी बोकाउन छोडेर एउटा सानो रंगिन पेपरको माध्यमबाट सिकाउन आवश्यक छ । जब एउटा बच्चा हरेक दिन नयाँ कार्यमा रमाउँछ । नयाँ रंगिन दुनियामा रमाउँछ । नयाँ चित्रमा रमाउँछ अनि उसलाई हरेका दिन एउटै रंगको खोल ओढाएको, च्यातिन लागि सकेको किताबको झोलामा के रमाइलो होला ? बालबालिकालाई कुनै पनि कुराको निश्चित परिधि भित्र सिमित राख्नु कतिको उचित कुरो हो ? यो आपैंmले विचार गर्नुपर्ने विषय भएको छ । त्यसकारण अबको शिक्षा प्रणाली किताब रहित अवधारणा (Bookless Concept) मा आधारित हुन जरुरी छ जसले केटाकेटीहरुको पढाइ प्रतिको मानसिक तनाब कम गर्छ । यो विधिबाट नानीहरुसँग अत्यधिक समयको पनि बचत हुने भएकोले अतिरिक्त क्रियाकलाप जस्तै नृत्य, गायन, खेलकूद आदि क्षेत्रमा पनि अगाडि बढाउन सकिन्छ जसले गर्दा नानीहरुको शारीरिक तथा मानसिक विकासमा निकै महत्वपूर्ण भूमिका खेल्दछ ।

६. ह्याप्पी किड्सले समग्रमा के कसरी शिक्षा प्रदान गरिरहेको छ त ?

सन् २००९ मा पूर्व प्राथमिक तहमा उत्कृष्ट शिक्षा प्रदान गर्ने उद्देश्यले खोलिएको Happy Kids Montessori Home ले स्थापनाकाल देखि नै विभिन्न विधि तथा शैक्षिक सामाग्रीहरुको प्रयोग र समयानुकुल बनाउँदै आइरहेको छ । एकिकृत शिक्षण विधि अंगालेको यस मन्टेश्वरीले विगत केही वर्ष देखि किताब रहित अवधारणा अन्तर्गत paper work concept प्रयोग गर्दै आइरहेको छ । रटाउने घोकाउने भन्दा बुझाउने, अनुभूति गराउने विधि केटाकेटीहरुको लागि एकदमै उपयोगी हुन्छ । यही कुरालाई आत्मसाथ गदै ज्बउउथ प्ष्मक ले विशेष गरी हरेक कुराको techniqueसिक्न नानीहरुलाई अभिप्रेरित गर्दछ । अतिरिक्त क्रियाकलापहरुको अन्त्यन्त धेरै आयोजना तथा सहभागिता गराउने Happy Kids ले‘Happy Kids Got Talent’ (grand singing & dancing Champ-Competitions, Participatory Program), Grand Annual Sports Week, Institutions & Cultural Outings, Fancy dress Champ लगायत farewell – A grand cultural show’आदि धरै अतिरिक्त क्रियाकलापमा नानीहरुलाई सहभागी गराउँदछ जसले नानीहरुको शारीरीक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै Exposure capacityको पनि विकास गर्दछ । Happy Kidsले आफ्ना नानीहरुको हरेक दिन नयाँ र मनोरञ्जनात्मक बनाउनका निमित्त विभिन्न नयाँ कार्यक्रमहरुको योजना बनाउने गर्दछ जसमा मन्टेश्वरीका विभिन्न क्रियाकलाप, खेलकुद, नृत्यकक्ष आर्ट, क्राप्टस् आदि पर्दछ । हरेक हप्ताको बुधबार ‘Wednesday as a funday’को रुपमा मनाउने गरिन्छ जून दिन नानीहरु आप्mनो झोला नबोकी आउँछन् र दिनभर रमाएर मनोरञ्जनात्मक रुपमा दिन बिताएर जाने गर्दछन् ।

७. निष्कर्ष

परम्परागत रुपमा चलिआएको शिक्षण विधिलाई अब सबै विद्यालयहरुले परिवर्तन गर्न अत्यन्त ढिलो भैसकेको छ । अहिलेको शैक्षिक बजारमा मन्टेश्वरी विद्यालयहरुले जुन विधि र प्रविधि प्रयोग गरिरहेको छ यसले भने आज भोलि समग्र बोर्डिङ स्कुलहरुलाई समेत प्रभाव पारेको छ । आजभोलि मन्टेश्वरी विद्यालयहरुको बाक्लो उपस्थितिले शिक्षामा नयाँ आयाम मात्र थपेको छैन कि नेपाली महिला उद्यमशीलतालाई पनि ह्वात्तै बढाएको छ ।

आप्mना साना नानीहरु पुर्ण रुपमा नहुर्किउनजेल घरैमा बसेर स्याहार सुसार गर्न बाध्य आमाहरु भने अहिले १८ महिना देखि नानीहरु मन्टेश्वरी डे केयरमा जिम्मा लगाएर रोजगारी तर्पm आकर्षित भएका छन् । यो आपैंmमा अत्यन्त सराहनीय कार्य हो । त्यति मात्र नभइकन हजारौं लाखौं महिलाहरुले तालिम प्राप्त गरी रोजगारी पाएका छन् । यस कारण नेपाली समाजमा यस्ता संस्थाहरुले महिलाहरुको आत्मनिर्भर बन्ने प्रयासलाई एक कदम अगाडि बढाएको छ । यति हुँदा हुँदै पनि आज भोलि यसको संख्यागत वृद्धि अत्यन्त रहेको र व्यवस्थित, नियमन गर्ने निकायहरुको प्रभावकारीता नदेखिँदा अलिकति अव्यवस्थित जस्तो देखिएको छ ।

भोलिका दिनमा यो क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरु साँच्चिकै आफैमा एउटा लगनशिल जुझारु स्वभावको र जहिल्यै शैक्षिक सामाग्री तथा शैक्षिक विधिमा परिवर्तनको लागि प्रयासरत रहने हो भने यसको मविष्य अझै सफल रहेको देख्न सकिन्छ ।

(लेखक कृष्ण कुमार बोहरा ह्याप्पी किड्स मन्टेश्वरी होमका फाउण्डर/प्रिन्सिपल हुन ।)

You may also Like this

थप समाचार

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग
गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति ...

रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...