भारतसम्बन्धबारे चिनियाँ राष्ट्रपतिले मुख खोले

२०७४ भदौ २० गते १६:५९ मा प्रकाशित


modi-ping_1२० भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन् । चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ ।

चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति चिनफिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । उक्त द्धिपक्षीय भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति चिनफिङ्ले भारतीय प्रधानमन्त्री मोदीसँग सो धारणा राख्नुभएको सियामेनबाट प्राप्त समाचारमा जनाइएको छ । चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध बिकास गर्ने तथा साथ साथमा कामगर्न चाहेको पनि चिनियाँ राष्ट्रपति चिनफिङ्ले सो अवसरमा बताएका थिए ।

दुवै देशले आपसी एवम् पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा उनको जोड थियो । यसले पारस्पारिक सहयोगमा अभिबृद्धि र आपसी हितको बिकास गर्नेमा उहाँले सो भेटका क्रममा जोड दिए। उनीहरुबीच द्धिपक्षीय वार्ता भएको थियो । ब्रिक्स सम्मेलनमा त्यहाँ रहेका बेला एसियाका यी दुई ठूला देशका नेताबीच सो वार्ता भएको बताइएको छ ।

ब्रिक्सको नवौँ सम्मेलन चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा सियामेन घोषणापत्र जारी गर्दै मङ्गलबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको सो सम्मेलनद्धारा जारी उक्त घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शीता एवम् खुलापनको विकास, समावेशीता र सबैको साझा चासोका विभिन्न एजेण्डाहरुको बिकासमा जोड दिएको राष्ट्रपति चिनफिङ्ले जानकारी दिए । चीन र भारतबीच अर्को छिमेकी देश भुटानको समेत सिमाक्षेत्रमा पर्ने दोक्लाममा हालैमात्र आआफ्ना सैनिक उपस्थितिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।

त्यसयता यी दुई देशका नेताहरुबीच पहिलो पटक साक्षात्कार भएको छ । त्यसैले पनि यस भेटलाई विश्लेषकहरुले सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसरका रुपमा लिएका छन् ।

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...