चोरले मोबाइल हैन, मोबाइल टावर नै चोरेपछि...

२०७४ बैशाख ८ गते १५:५९ मा प्रकाशित


mobile-tower८ बैशाख । चोरले मोबाइल फोन चोरी गर्नु त नौलो होइन । तर जब चोरले रातारात मोबाइल नेटवर्कको टावर नै चोरिदिन्छ, तब मामिला बढि नै गडबड हुन्छ ।

क्यानडाको विनिपेग सहरमा हालै यस्तै चोरीको एक घटनाले पूरै सहरलाई नै हैरान पारिदिएको छ । त्यहाँको एगलेक क्षेत्रमा चोरले रातारात २० मिटर अग्लो मोबाइल फोन टावर नै गायब पारिदिएका छन् ।

चोरले मोबाइल टावरका सप्पै सामान तथा उपकरणहरु चोरेर लगे ।

अर्को दिन बिहानैबाट जब उक्त इलाकामा मोबाइल फोनले काम नै गरेन तब जनताहरुले मोबाइल सेवा प्रदायकलाई गुनासो गरे । पूरै इलाकामा मोबाइल नेटवर्कले नै काम नगरेको विषयमा छानविन गर्दा त अधिकारीहरु तिनछक परे ।

उनीहरुले उक्त क्षेत्रको मोबाइल नेटवर्कको २० मिटर अग्लो टावर नै हराएको पत्ता लगाए । जुन ठाउँमा पहिले टावर थियो त्यहाँ त अहिले टावरको नामोनिसान थिएन, समतल जमिन मात्र थियो ।

मोबाइल् टावर चोरीको उक्त घटनाको पुलिसले छानविन गरिरहेको छ । स्थानीयहरुका अनुसार त्यहाँ केही अपरिचितहरुले ठूलो ट्रकमा उपकरणहरु लोड गरेर लैजाँदै गरेको देखिएको थियो । तर ती चोर हुन् भन्ने कुरा मानिसहरुले सुइँको पाउन सकेनन् । एजेन्सी

You may also Like this

थप समाचार

घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने
घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने

१३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नी ...

विश्व औलो दिवसको नाराः ‘सदाका लागि औलोको अन्त्य गरौं’
विश्व औलो दिवसको नाराः ‘सदाका लागि औलोको अन्त्य गरौं’

काठमाडौं, वैशाख १२ । ‘सदाका लागि औलोको अन्त्य गरौं’ भन्ने नाराका साथ मंगलबार ९आज० विश्व औलो दिवस नेपालमा पनि विभि ...

कांग्रेस र एमालेको तानातानमा यी दुई दल !
कांग्रेस र एमालेको तानातानमा यी दुई दल !

११ वैशाख, काठमाडौं । यदि सत्तारुढ गठबन्धनले चुनावी गठबन्धन गरेमा पहिलो पार्टी बन्न सकिएला ? तीन साताअघि एमाले स्थायी कमिटी बै ...

राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत
राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत

बनेपा, वैशाख ११ । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...