पाकिस्तानी टेष्ट कप्तान मिसबाहले सन्यास लिए

२०७३ चैत्र २४ गते १८:३३ मा प्रकाशित


 

२४ चैत, काठमाडौं । पाकिस्तानी टेष्ट क्रिकेट टोलीका कप्तान मिसबाह उल हकले वेष्ट इण्डिजबिरुद्धको आसन्न टेष्ट शृङखलापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

‘मेरो क्रिकेट करिअर निक्कै राम्रो रहृयो’, मिसबाहले भने, ‘करिअरमा मैले धेरै चुनौतिहरु सामना गर्नुपर्‍यो तर म अहिले बर्तमानमा केन्दि्रत छु ।’सन् २०१० मा पाकिस्तानी टेष्ट टिमको कप्तानी संहालेयता ४२ बर्षीय मिसबाहले ५३ टेष्ट खेलेका छन् । पाकिस्तानले दुई सातापछि तीन टेष्टको शृङखलाका लागि वेष्ट इण्डिज भ्रमण गर्नेछ ।

मिसबाहले सन् २००१ मा पाकिस्तानी टेष्ट टिममा डेब्यू गरेयता मात्र १९ टेष्ट खेलेर कप्तानी संहालेका थिए । चार बर्षको अन्तरालपछि उनी सन् २००७ मा पाकिस्तानी टिममा फर्किएका थिए ।

उनी सन् २०१० को सुरुतावमा पनि टिमबाट फालिएका थिए । तर तत्कालीन कप्तान सलमान बट, मोहम्मद आमिर र मोहम्मद आसिफ म्याच फिक्सिङ प्रकरणमा दोषि देखिएपछि उनी टिममा फर्किए र कप्तानीको जिम्मेबारी पाए ।

मिसबाह पाकिस्तानका सबैभन्दा सफल टेष्ट कप्तान पनि हुन् । ५३ टेष्टमा उनले २४ मा जित हासिल गरेका छन् । खसबैभन्दा सफलताको कुरा उनले गत बर्ष पाकिस्तानलाई विश्व नम्बर १ टेष्ट टिम बनाएका थिए ।

७२ टेष्ट म्याचमा उनले ४५.८४ को औषतमा ४ हजार ९५१ रन बनाएका छन् । जसमा १० शतक र ३६ अर्धशतक समावेश छ ।

गत बर्ष पाकिस्तानले इग्ल्याण्डसँगको सिरिज बराबरी गरेपछि वेष्ट इण्डिजलाई हराएको थियो । तर पाकिस्तानी टोली न्यूजिल्याण्ड र अष्ट्रेलियासँग पराजित भएको थियो ।

सन् २०१५ को विश्वकपपछि एक दिवशीयबाट सन्यासको घोषणा गर्नुअघिको चार बर्ष मिसबाहले एकदिवशीय टोलीको पनि कप्तानी भूमिका निर्वाह गरेका थिए । एकदिवशीयमा उनले १६२ खेलबाट ४३.४० को औषतमा ५ हजार १२२ रन बनाएका छन् ।

You may also Like this

थप समाचार

करोडकी हिरोइन स्वस्तिमा
करोडकी हिरोइन स्वस्तिमा

१२ साउन । ‘होस्टेल रिटन्र्स’ बाट डेब्यु गरेकी नायिका स्वस्तिमा खड्काको यतिबेल खुबै चर्चा छ चलचित्र बजारमा । कारण ...

भद्रगोलका कक्रोच घाइते !
भद्रगोलका कक्रोच घाइते !

१२ काठमाडौं, साउन । हास्यटेलिश्रृंखला भद्रगोलमा ‘कक्रोच’ कक्रोच अर्थात हरि निरौला सुटिङको क्रममा घाइते भएका छन् । ...

नितिश कुमार छैठौं पटक बिहारको मुख्यमन्त्री...
नितिश कुमार छैठौं पटक बिहारको मुख्यमन्त्री...

काठमाडौं, साउन १२ । नितिश कुमार छैठौं पटक भारत बिहारको मुख्यमन्त्री बनेका छन् । राजीनामा दिएको भोलिपल्ट नितिशले बिहारको २२ औं ...

रियल मड्रिड हार्‍यो...
रियल मड्रिड हार्‍यो...

१२ साउन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मड्रिडमाथि शानदार जित दर्ता गरेको छ । युरोपियन च्याम्पियन प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...