‘मिस एयरहोस्टेज नेपाल २०१७’ को फाइनल १४ गते हुदैँ

२०७४ साउन ८ गते १७:१९ मा प्रकाशित


miss-airhostesss-काठमाडौं, साउन ८ । ‘मिस एयरहोस्टेज नेपाल २०१७’ को फाइनल अडिसन यही साउन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा हुने भएको छ।

फेशन ट्रेण्ड नेपालद्वारा आयोजित तथा शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको प्रस्तुतिमा हुन गईरहेको यस प्रतियोगिताको फाइनल अडिसन बहान ११ बजे देखि २ बजे सम्म हुने आयोजकले जनाएको छ।

प्रतियोगीताको पहिलो र दोश्रो अडिसन भने सम्पन्न भईसकेको छ।

उक्त प्रतियोगिता छनौट भएका प्रतिस्पर्धीहरुलाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिस्पर्धामा समेत प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।

यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक युवतीहरुले शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन। प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन भने एयरहोस्टेज बन्नमा पनि सहयोग पाउने छन्।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ। जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर र ट्रेनरबाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा मोटिभेसन कक्षा दिइने आयोजकले जनाएको छ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...