बाणिज्यमन्त्रीले एमाले सानो अण्डा पार्ने कुखुरा हो भनेपछि...

२०७४ भदौ ३० गते १२:५९ मा प्रकाशित


min-bahadur-bishwokarma३० भदौ, काठमाडौं । बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि विश्वका धनी राष्ट्रहरु तथा विश्व बैङ्क, आईएमएफ, एसियाली विकास बैंक, युएस एड, जाइका लगायत विकास साझेदारहरुले सहयोग बढाउन थालेको उनले बताएका छन् ।

‘कांग्रेस सरकारमा आयो की विकास हुन्छ भन्ने भनाई त्यसै भनिएको होइन, ‘काभ्रेको दोलालघाटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘सबैले नेपाललाई भटाभट सहयोग गर्न थालेका छन् ।’

कांग्रेसले अर्थमन्त्रालय सम्हाल्नासाथ अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ अनुदान सहयोग गरेको उनको भनाई थियो । आफूले वाणिज्य मन्त्रालय सम्हालेपछि अमेरिकासँग रहेको नेपालको व्यापार घाटा अन्त्य भएको मन्त्री विश्वकर्माको दावी थियो ।

कांग्रेस हाँस जस्तो हो जसले ठुलो अन्डा पार्छ तर हल्ला नगरी खुरुखुरु हिँड्छ, तर एमाले चाँही कुखुरा जस्तो छ, एउटा सानो अन्डा पार्छ अनि गाउँभरी हल्ला गर्दै हिँड्छ ।’उनले भने ।

राजनीतिक प्रसङ्गमा उनले मदन भण्डारी, कमल थापा, प्रचण्ड लगायत सबै दलका नेताले बीपी कोइरालाको सिद्धान्तलाई मन पराएको र समग्रमा बिपीलाई नै मन पराएको उनले बताए । तर, एमालेले लिएको विचार गलत भएको उनको भनाई थियो ।

 

You may also Like this

थप समाचार

मेलम्चीको पानी आउन ६ महिना लाग्ने
मेलम्चीको पानी आउन ६ महिना लाग्ने

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि ...

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine