ब्याडमिन्टन टुर्नामेन्ट मेल्बर्नमा सम्पन्न

२०७३ चैत्र २४ गते १५:०६ मा प्रकाशित


 

६ अप्रील, मेल्बर्न । नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ) र इस्टर्न वारीयर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको भिक्टोरियन ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ ।

यसैगरी महिला एकल तर्फ एशा गुरुङ विजयी भएकी छन् । आर्या पोखरेल फस्ट रनरअप र आएशा पोखरेलले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।यही अप्रील २ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकलतर्फ निस्चल खत्री बिजयी भएका छन् भने जगत लिम्बु फस्ट रनरअप र रेवन्त बस्नेतले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

प्रतियोगितामा पुरुष डबलतर्फ जीवन गुरुङ र गुम गुरुङको जोडी विजयी भएको छ भने सत्य शाह र राजु घिमिरेको जोडी फस्ट रनरअप र शुभ पोखरेल र विज्ञान कंडेलको जोडीले सेकेन्ड रनरअपको उपाधी हात पारेको छ ।

यसै गरी महिला डबलतर्फ माया गुरुङ र अस्मि गुरुङको जोडी विजयी भएको छ भने सरिता थापा र कुश्मी गुरुङको जोडी फस्ट रनरअप र ममाता केसी र लीला भण्डारीको जोडीले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

यसैगरी सोही प्रतियोगितामा महिला तथा पुरुष डबलतर्फ रेवन्त बस्नेत र एशा गुरुङको टिम विजयी भएको छ ।  निस्चल खत्री र आर्या पोखरेल फस्ट रनरअप र सत्य शाह र अएशा पोखरेलको टिमले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

प्रतियोगितामा सञ्चालन भएको भेटेरान पुरुष एकल तर्फको खेलमा सिड्नीका सञ्जय श्रेष्ठ विजयी भएकाछन् भने प्रताप श्रेष्ठ फस्ट रनरअप र गम गुरुङले सेकेन्ड रनरअपको उपाधी हात पार्न सफल भएकाछन् ।

यसैगरी डबल तर्फ सिताराम जोशी र सञ्जय श्रेष्ठको जोडी विजयी हुदा बालकृष्ण सुबेदी र बिष्णु हमालको जोडीले फस्ट रनरअप र मधु पोखरेल र प्रताप श्रेष्ठको जोडीले सेकेन्ड रनरअपको उपाधी हात पारेकाछन् ।

यसैगरी १५ बर्ष भन्दा मुनिको खेलमा अनुष्का पोखरेल विजयी, शंकर पोखरेल फस्ट रनरअप र इन्शा अधिकारी सेकेन्ड रनरअप भएका छन् ।

साथै १० बर्षमुनिको खेलमा आर्यन पोखरेल विजयी भएकाछन् । शिद्धार्थ सुबेदी फस्ट रनरअप र निर्बाणी सुबेदी सेकेन्ड रनरअप भएका छन ।

भिक्टोरियन ब्याड्मिन्टन टुर्नामेन्टको यो छैटौ संस्करण हो ।

प्रतियोगिताको समापन कार्यक्रममा टुर्नामेन्ट आयोजनामा सहकार्य गर्ने इस्टर्न वारीयर क्लबका संयोजकहरु जोग लिम्बु, प्रतियोगिताका संयोजक मधुसुदन पोखरेल र भास्कर आमात्यका साथै पुरस्कार बितरण समारोहमा उपस्थित ब्याड्मिन्टन भिक्टोरियाका स्टेट डाइरेक्टर क्रेग हेडकलाई न्याभले धन्यवादसमेत दिएको छ ।

प्रतियोगितालाई ब्याड्मिन्टन भिक्टोरियालेसमेत सहयोग गरेको न्याभका अध्यक्ष डा.अनुपम पोखरेलले जानकारी दिए ।

गत अप्रील २ देखि सुरु भएको प्रतियोगितामा भिक्टोरियाका रिजनल टाउनहरु बालाराट, गिप्स्ल्यान्ड र सिड्नीबाट गरी ८० जना भन्दा बढी खेलाडीहरुले भाग लिएका थिए ।

 

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...