मेलम्चीको पानी आउन ६ महिना लाग्ने

२०७४ कार्त्तिक २६ गते १०:१४ मा प्रकाशित


melamchi-pani

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि कात्तिक अन्त्यसम्म उल्लेख्य सुधार भएन। काम सुस्त हुँदा मेलम्चीको पानीका निम्ति अझै ६ महिना कुर्नुपर्ने भएको छ।

कुल साढे २७ किलोमिटर सुरूङमध्ये १२ सय ५ मिटर खन्न बाँकी नै छ। अहिले दैनिक १५ मिटरका दरले खन्ने काम भइरहेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले बताए। सिन्धुदेखि ग्यालथुम ७ सय ५५ मिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको ४ सय ५० मिटर सुरूङ खन्ने काम बाँकी छ।

सिन्धु–अम्बाथान क्षेत्रमा खराब चट्टान भेटिएकोले काम सुस्त भएको दवाडीले बताए।

‘अहिलेकै गतिमा काम भयो भने साढे दुई महिनामा ‘ब्रेक थ्रु’ हुन्छ,’ उनले भने, ‘त्यसपछि सुरूङ फिनिसिङ गर्न तीन महिना लाग्छ।’

जति भित्र गयो सामान ओसार्नुपर्ने, अक्सिजन पठाउनु पर्ने लगायतका काम थप हुनाले कामको गति घट्ने उनले बताए। सुरूङ खनिसकेपछि भूँइमा आरसिसी ढलान पनि गर्नुपर्ने हुन्छ।

‘ठेकेदार कम्पनीले ६ महिनाभित्र काम सक्छु भनेको छ। उसले पनि विभिन्न समस्या देखाइरहेको छ,’ उनले भने, ‘हामीलाई हतार भएपनि उसको काम सुस्त छ।’ ठेकेदारले भने अनुसार काम भएन भने ६ महिनाभन्दा बढी समय पनि लाग्न सक्छ।

वितरण प्रणालीमा पनि समस्या
मेलम्चीको पानी सुन्दरीजलबाट वितरण गर्न ८ करोड लिटर क्षमताको ट्रिटमेन्ट प्लान्ट बनाइएको छ। आयोजनाले बागमतीको पानी प्लान्टमा राखेर सफल परीक्षण गरिसके पनि थोक वितरण प्रणाली अन्तर्गत पानी पठाउन खोज्दा भने समस्या देखिएको थियो। अर्को साढे ८ करोड क्षमताको प्लान्ट १० महिनाभित्र सम्पन्न हुने उनले बताए।

You may also Like this

थप समाचार

मेलम्चीको पानी आउन ६ महिना लाग्ने
मेलम्चीको पानी आउन ६ महिना लाग्ने

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि ...

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...