बक्सर मेवेदरले अन्तिम फाइट पनि जिते

२०७४ भदौ ११ गते १५:१६ मा प्रकाशित


medewar_1११ भाद्र । अमेरिकी बक्सर फ्लड मेवेदरले कोनोर म्याक्ग्रेगोरलाई १० औं राउन्डमा नकआउट गर्दै आइतबार करिअरको अन्तिम फाइट जितेका छन् ।

५० औं जितसँगै उनले व्यावसायिक बक्सिङ करिअरलाई अपराजित रुपमा टुंग्याए । ‘मनी मेकर’को रुपमा प्रख्यात मेवेदर हेभिवेट च्याम्पियन हुन् । आयरल्यान्डका म्याक्ग्रेगरको भने बक्सिङमा यो नै पहिलो खेल हो । उनी युएफसी (अल्टिमेट माइटिङ च्याम्पियनसिप०का राजकुमार मानिन्छन् । त्यसैले मेवेदर र म्याक्ग्रेगरको लास भेगासमा भएको फाइटलाई युएफसी–बक्सिङबीच पनि प्रतिष्ठाको रुपमा लिइएको थियो । यसमा बक्सिङले बाजी मार्‍यो ।

बहुचर्चित् खेलमा दुई वर्षअघि फिलिपिनो बक्सर म्यानी पाक्यियोलाई पराजित गरेका मेवेदरमाथि सुरुका तीन राउन्ड म्याक्ग्रेगर हाबी भएका थिए । चौथो राउन्डपछि भने मेवेदर प्रभावशाली देखिए । अन्त्यतिर उनीसामु म्याक्ग्रेगरलाई रिङमा उभिन पनि गाह्रो भएको थियो । अन्ततः रेफ्रिले दसौं राउन्डमा खेल रोके र मेवेदरले करिअरको ५० औं जित हात पारे । उनले यसैले आफ्नो अन्तिम खेल भएको बताएका छन् । एजेन्सी

You may also Like this

थप समाचार

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...