राजधानीमा नेवाः मिडिया कप फुटसल हुदैँ

२०७४ बैशाख १६ गते १२:१२ मा प्रकाशित


footsalकाठमाडौं, बैशाख १६ । नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले नेवाः मिडिया कप फुटसल आयोजना गर्ने भएको छ ।

पत्रकार दबू, काठमाडौं जिल्ला शाखाबाट सम्पन्न ‘लाखाछेँ सानुकाजी स्मृति फुटसल प्रतियोगिता’ मा रनिङ शील्डसहितको नेवाः मिडिया कप फुटसलको आयोजना गर्ने घोषणा दबूले गरेको हो ।

नेपालभाषा माध्यमबाट सञ्चालित सञ्चार गृह र विभिन्न सञ्चारगृहमा कार्यरत नेवार पत्रकारबीच मिडिया कप प्रतियोगिता सन्चालन गरिने दबू, काठमाडौं जिल्लाका सचिव प्रजित शाक्यले जानकारी दिए ।

पत्रकार दबू काठमाडौंका कोषाध्यक्ष स्वर्गीय सानुकाजी महर्जनको स्मृतिमा आयोजित ‘लाखाछेँ सानुकाजी स्मृति फुटसल प्रतियोगितामा भने इमेज च्यानलको ख्वताबजि कार्यक्रमको टिमले उपाधि जितेको छ ।

सुरेन्द्र तुलाधरको कप्तानीमा मैदानमा उत्रेको ख्वताबजि टिमले सुरेन्द्र मानन्धरको ईमेज च्यानलकै समयबजि टिमलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरी भएपछि टाइब्रेकरबाट प्रतियोगिताको विजेता चुनिएको हो ।

आयोजक टिम नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं भने नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरलाई ६(० ले पछि पार्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

प्रतियोगितामा नेपालभाषा संकिपा समाजका गोलरक्षक सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी घोषित भएको प्रतियोगितामा समयबजिका प्रकाश महर्जनले ११ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

You may also Like this

थप समाचार

सुनचाँदीको भाउ आज बढ्यो
सुनचाँदीको भाउ आज बढ्यो

काठमाडौं, साउन १२ । सुनको भाउ बिहीबार तोलामा चार सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको ने ...

मन्त्रीहरुको सपथ आजै अपराह्न !
मन्त्रीहरुको सपथ आजै अपराह्न !

११ साउन, काठमाडौं । मन्त्रिपरिषद बिस्तार बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ म ...

३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !
३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !

काठमाडौं, साउन १० । सरकारले आर्थिक वर्ष २०७३र७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर् ...

धनुके मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा समातिए !
धनुके मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा समातिए !

१० साउन, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका-३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...