माओवादीभित्र समानुपातिका को–को परे नातागोताका

२०७४ पुस १६ गते ०९:११ मा प्रकाशित


माओवादीमा प्रदेश सभातर्फको समानुपातिकमा केही नेताका आफन्त परेका छन् । प्रदेश ३ बाट खस–आर्य महिला कोटामा झक्कु सुवेदीकी छोरी भावना सुवेदी परेकी छिन् । प्रदेश ३ बाटै प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी श्रीमती सीता अधिकारी खस–आर्य महिला कोटाबाट सूचीमा परेकी छिन् । माओवादीका अर्का नेता दिलीप प्रजापतिकी श्रीमती प्रतिमा श्रेष्ठ जनजाति कोटाबाट समानुपातिक सूचीमा परेकी छिन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रदेश ६ बाट पूर्वविद्यार्थी नेता रामदीप आचार्यकी श्रीमती कृष्णा शाह, महिला जनजाति कोटाबाट सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्टकी श्रीमती पुष्पा घर्ती विष्ट, नेता जनार्दन शर्माकी बुहारी विमला केसी खस–आर्य महिला कोटाबाट समानुपातिकमा परेकी छिन् ।

समानुपातिक सांसद छनोटमा विवाद, माओवादी केन्द्रका नेताहरूमाथि हातपात

समानुपातिकतर्फका प्रदेश सभा सदस्यको अन्तिम नाम छनोटप्रति माओवादीभित्र असन्तुष्टि देखिएको छ । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुप्रसाद सुवेदीमाथि त हातपात नै भएको छ ।

शुक्रबार अपराह्न निर्वाचन आयोगमा अन्तिम नामावली बुझाउने क्रममा माओवादी केन्द्रीय कार्यालयमा नेताहरूमाथि दुव्र्यवहार भएको हो । समानुपातिक सूचीमा आफ्नो नाम पहिलो नम्बरमा भए पनि अन्तिम समयमा नेताहरूले छनोट नगरेको भन्दै सिन्धुपाल्चोकका झंक पराजुलीले शाक्य र सुवेदीमाथि हातपात गरे । ‘हामी प्रदेश ३ को बैठक सकेर शुक्रबार अपहराह्नतिर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको मजदुर भवनको छतमा घाम तापिरहेका थियौँ,’ संयोजक सुवेदीले भने, ‘झंक पराजुलीजी सरासर आएर हितमानजीको ज्याकेटको कलर समाउनुभयो र मोबाइल फाल्नुभयो । मेरो हातमा भएको डायरी मिल्काउनुभयो । छतको डिलमा हितमानजी र मैले झोला राखेका थियौँ, त्यो पनि भुइँमा फाल्नुभयो ।’

पराजुलीले पहिलो नम्बरमा भएको आफ्नो नाम किन हटाएको भन्दै अपशब्द प्रयोग गरेको सुवेदीले बताए । ‘मेरो पहिलो नम्बरमा भएको नाम हटाएर महेश्वर दाहालकी श्रीमतीको नाम राख्न मिल्छ भन्दै आक्रोशित हुनुभयो । महिला प्रतिनिधित्व ३३ प्रतिशत गराउनुपर्ने भएपछि खस–आर्यबाट १ नम्बर भए पनि समानुपातिकमा आउन सकेन,’ उनले भने ।

तर, नेता पराजुलीले आफूले अपशब्द नबोलेको र हातपात पनि नगरेको दाबी गरे । ‘हाम्रा नेताहरूले बैठक नै नबसी घाइते, अपांगता, बेपत्ता परिवारलाई नसमेटर नेताकी श्रीमती र छोरी राखेपछि झोक्किएको मात्र हुँ,’ उनले भने, ‘बाहिर आएजस्तो मैले नेताहरूलाई हातपात र अपशब्द केही नबोलेको छैन ।’ नेताहरू अभिभावक नभई परिवारवादमा फसेर समानुपातिक नाम छनोट गरेकाले पार्टीको आधिकारिक निर्णय हेर्न झोला हेरेको उनले दाबी गरे ।

अरू प्रदेशमा असन्तुष्टि भए पनि प्रदेश ३ को जस्तो बाहिर छताछुल्ल हुन पाएन । माओवादीबाट प्रदेश सभातर्फ समानुपातिकमा नेताको छोराछोरीदेखि श्रीमतीसम्म परेका छन् ।

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...