पहिलो चरणको चुनाव : मौन अवधि सुरु

२०७४ मंसिर ८ गते १०:३८ मा प्रकाशित


election_commission1

पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले प्रसारप्रसार गर्ने अवधि बिहीबारबाट समाप्त भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रअनुसार मतदातासँग मत माग्ने अवधि सकिएकाले अब मतदाताले मौन अवधिमा कुन राजनीतिक दल र उम्मेदवारलाई मत दिने भनेर निर्णय गर्ने समय सुरु भएको बताए । आजको गोरखापत्रमा खबर छापिएको छ ।

प्रवक्ता ढकालले निर्वाचनको मौन अवधि सुरु भएकाले अब उम्मेदवार आफैँ वा अरू कसैले पनि कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन र आचारसंहिताविपरीत कसैले निर्वाचन प्रसारप्रसार गरेमा वा मतदातालाई प्रभाव पार्ने कार्य भएमा निर्वाचन ऐनअनुसार आवश्यक कारबाही हुने बताए ।

यसैगरी उपदफा ६ मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न नहुने उल्लेख छ । यस्तो कार्य गरेको पाइएमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले ठाउँका ठाउँ २५ रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको जानकारी आयोगले दिएको छ ।

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...