मौन अवधिः होसियार ! सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि लाग्नेछ आचारसंहिता

२०७४ बैशाख २८ गते १३:२१ मा प्रकाशित


social-network२८ बैशाख, काठमाडौं । फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत आफूले समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार(प्रसार गर्ने र विपक्षीको उछितो काढ्नेहरुले आज मध्यरातपछि होसियार हुनुपर्नेछ ।


मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा एस.एम.एस. फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न नहुने भएकाले मौन अवधिमा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मौन रहनुपर्नेछ ।

उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एस।एम।एस, फेसबुक, ट्वीटर, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन कानुनमा उल्लेख छ ।
यदि आचारसंहिता उल्लंघन गरेको सन्दर्भमा उजुरी परेमा त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निर्वाचन आयोगले कारवाही गर्नेछ ।

स्थानीय तहको निर्वाचनमा सामाजिक फेसबुक, ट्वीटर, यु ट्युवजस्ता सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य साधन बनाएका दल तथा उम्मेदवारहरुले पनि मौन अवधिमा यी माध्यम प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेछ ।

You may also Like this

थप समाचार

वाईसीएल अव मेशिन गन चलाउने बिग्रेड होइनः प्रचण्ड
वाईसीएल अव मेशिन गन चलाउने बिग्रेड होइनः प्रचण्ड

२ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन नचाहने शक्तिले अहिले पनि चुनाव हुन नदिने ...

यी १४ जिल्लामा खटिए इञ्जिनियर !
यी १४ जिल्लामा खटिए इञ्जिनियर !

काठमाडौं भदौ २ । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय ...

१० वर्षकी बालिकाको हत्या गरेर फरार अभियुक्त पक्राउ
१० वर्षकी बालिकाको हत्या गरेर फरार अभियुक्त पक्राउ

कञ्चनपुर, भदौ २ । कञ्चनपुरको भीमदत्त नगरपालिका(९ मटेनामा १० वर्षकी बालिकाको हत्या गरेर फरार भएका अभियुक्त भारतको हरियाणाबाट प ...

पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन लोग्नेले सारी चोरेपछि...
पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन लोग्नेले सारी चोरेपछि...

१ भाद्र । तपाईंले पनि सुन्नुभएको होला, प्रेम र युद्धमा सबै जायज हुन्छ । प्रेममा मानिसहरुले हद पार गर्न पछि पर्दैनन् । मायालुह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...