देशभर कसको मत कति ?

२०७४ असोज २६ गते १०:१४ मा प्रकाशित


२६ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गरिरहेका छन् । गठबन्धन बनेमा प्रजातान्त्रिकभन्दा वामपन्थी गठबन्धन अगाडि देखिन्छ ।

स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत ‘पपुलर’ मत ल्याउने देखिन्छ । त्यस्तै, राप्रपादेखि मधेसी सबै दललाई जुटाउन सकेमा कांग्रेसले ४४ प्रतिशत मत जम्मा गर्न सक्ने देखिन्छ । एमाले र माओवादीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरे पनि सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् ।


कांग्रेस नेतृत्व गठबन्धनको त न्यूनतम सहमति पनि हुन सकेको छैन ।

वाम गठबन्धनका सम्भावित दलहरू एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दलको मतलाई एकमुष्ट मत जोड्दा ४७ लाख ९५ हजार पुग्छ । साथै, कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक मोर्चामा रहने भनिएका संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० र फोरम लोकतान्त्रिकको एकमुष्ट मत ४० लाख ४१ हजार हुन आउँछ ।

वाम गठबन्धन बनेको र लोकतान्त्रिक गठबन्धन नबनेको अवस्थामा कांग्रेस १६ लाख मतले पछाडि हुने देखिन्छ । तर, हरेक निर्वाचनमा मतदाताले फरक परिणाम दिने गरेकाले अघिल्लो निर्वाचनको आधारमा विश्लेषण गर्न गाह्रो छ ।

स्थानीय तहमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा २ लाख मत कटाउनेमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राजपा गरी ६ दल मात्रै देखिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

सिड फुटबल च्याम्पियनसिपः नेशनल युनाइटेड र बागमति स्कुल सेमिफाइनल प्रवेश
सिड फुटबल च्याम्पियनसिपः नेशनल युनाइटेड र बागमति स्कुल सेमिफाइनल प्रवेश

काठमाडौँको उत्तरी भेगका निजी विद्यालयहरुको संगठन सिडले आयोजना गरेको फुटबल च्याम्पियनसिप २०७४ अन्तर्गत मंगलबार भएको पहिलो क्व ...

नेवरहुड र टिआईए सेमिफाइनलमा प्रवेश
नेवरहुड र टिआईए सेमिफाइनलमा प्रवेश

काठमाडौँ । सोसाईटी फर एजुकेशनल एक्टिभिटिज् एण्ड डेभलपमेन्ट (सिड) ले आयोजना गरेको उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल अन्तर्गत ...

जहाँको मतपरिणाममा छ सबैको चासो
जहाँको मतपरिणाममा छ सबैको चासो

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ३२ जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ।  पहिलो चरणका १११ जनप्रतिनि ...

४८ घण्टासम्मका सीमा नाका बन्द गरियो
४८ घण्टासम्मका सीमा नाका बन्द गरियो

काठमाडौँ । मंसिर १० गते भारतको नानपारास्थित नगरपालिका परिषद्को चुनावलाई दृष्टिगत गरी बाँके जिल्लाको नेपाल–भारत सीमा ना ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...