मतगणना अपडेट: कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

२०७४ जेष्ठ ३ गते १४:२४ मा प्रकाशित


vote-counting_1काठमाडौं, ३ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना आज पनि जारी छ । चारदिन देखि जारी मतगणनाको मतपरिणाम आउने क्रम जारी छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिसप्रर्धा देखिएको छ । स्थानीय तहको प्रमुख पदमा एमालेले अग्रता लिएको छ कांग्रेस पनि नजिकनजिक छ ।नेकपा माओवादी केन्द्रे तेस्रो स्थानमा छ ।

अहिलेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेस ३३ र नेकपा एमालेले ३६ स्थानीय तहमा प्रमुख पदमा विजय हासिल गरेका छन् । उनीहरुलाई पछ्याउदै नेकपा माओवादी केन्द्रले २० स्थानमा जित हासिल गरेको छ । ३ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेस १९, एमाले ४२, माओवादी केन्द्र १८, स्वतन्त्र ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ स्थानमा विजयी भएका छन् ।

त्यस्तै वडा अध्यक्षमा नेपाली काँग्रेस ८२, एमाले ८६, माओवादी केन्द्र ७८, स्वतन्त्र २, राप्रपा ३, नयाँ शक्ति ३, राष्ट्रिय जनमोर्चा २, नेपाल मजदुर किसान पार्टी १ स्थानमा विजयी भएका छन् ।

त्यस्तै वडा सदस्य महिलातर्फ काँग्रेस ९, एमाले ९, माओवादी केन्द्र ३, राप्रपा २, नयाँ शक्ति २, र नेमकिपा १ स्थानमा विजयी भएका छन् ।
यस्तै, वडा सदस्य दलित महिला तर्फ काँग्रेस ८, एमाले ८, माओवादी केन्द्र २, राप्रपा २, नयाँ शक्ति २ स्थानमा विजयी भएका छन् ।
यसैगरी वडा सदस्य खुला तर्फ काँग्रेस २०, एमाले १८, माओवादी केन्द्र ६, राप्रपा ३, नयाँ शक्ति ३, नेमकिपा १ स्थानमा विजयी भएका हुन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार नगरपालिकाको मेयर पदमा एमालेले ४, कांग्रेसले १ र माओवादी केन्द्रले १ स्थानमा विजयी भएका छन् ।

एमालेका तर्फबाट, डोल्पाको ठूलीभेरी नगरपालिकामा गणेशबहादुर शाही, दैलेखको नारायण नगरपालिकामा रत्नबहादुर खड्का, जाजरकोटको भेरी नगरपालिकामा सीपी घर्ती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा ओमबहादुर बुढा, दोलखाको जिरी नगरपालिकामा टंक जिरेल विजयी भएका छन् ।

त्यसैगरि कांग्रेसको तर्फबाट लमजुङको मध्यनेपाल नगरपालिकामा रमेशराज पाण्डे र माओवादी केन्द्रबाट रुकुमको मुसिकोट नगरपालिकामा देवीलाल गौतम मेयर पदमा विजयी भएका छन् ।

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...