कथाः मास्टरको सल्लाह

२०७३ मंसिर ४ गते १७:३८ मा प्रकाशित


shakti nepalउनले भनिन् " म अरुलाई सम्झाउदै हिंड्ने मान्छे कि यसो गर्नु हुन्छ अनि यसो गर्नु हुँदैन भन्दै।" तर आज त्यै गर्नु हुँदैन भनेको कुरोमा म डुबिराकी छु।उफ् ! " फेरि लामो सास तान्दै थप्दै गैइन उनी " सुरुमा त मलाई त्यस्तो लाग्दैनथ्यो तर माफ गर्नुस है मैले तपाईंलाई आफ्नै सम्झेर सेयर गर्दैछु ।" उता फर्केर आँखा पुछेजस्तो गरिन।यतिखेर चै मलाई बाहिर निस्किजाउ जस्तो लागेको थियो तर उनकै हातले बनाको चिया मेरो हातमा सकिएकै थिएन।अनि के गर्नु के गर्नु भएँ म। उनी सुरुप सुरुप तातो पानी पिउदै गफ गर्दै गैरहेकी थिइन तर म कतिखेर उम्कनु जस्तो फन्दामा परेको थिए।

" खै यो भावनात्मक सम्बन्ध सबैभन्दा शक्तिशाली हुँदो रहेछ हौ।" लामो हासो गर्न खोजेजस्तो गर्दै भनिन् " अचेल त मलाई पनि खै केके सोच्न बाध्य भएजस्तो हुन्छ हौ हन के भाको होला!" उफ ! अझै भन्दै जादैछिन उनी" अब खै ऊ पनि मलाई उसकै मान्छेजस्तो व्यवहार गर्छ,अनि उसैले आफ्नो बनाएजस्तो गरि निकै आत्मविश्वाससाथ गफ गर्दा खै मेरो मन जितेकै होकि जस्तो लागेको छ" ।म केही पनि नबोली चिया सिध्याउन हतार गर्दै थिए।यत्तिकैमा उनले थपिन" त्यस्तो केही नसोच्नुस है मैले त आफ्नै साथीभाइ भनेर भन्दै छु" मैले हुन्छ पनि भनिन हुँदैन पनि भनिन किनकि म उनका लागि निर्णयको सल्लाहकार हुन लायक थिइनँ ।

मैले यत्ति भने " तपाईंको निर्णय नराम्रो हुँदैन त्यसैले तपाइँको निर्णय उदाहरण दिन लायक नै हुन्छ भन्ने ठानेको छु ।सोचेर आफुलाई उपयुक्त लाग्ने कुरामा निर्णय गर्न मत अनुरोध गर्छु " यत्ति भनिनसक्दै मेरो कुरो अलि अपरिपक्व जस्तो लागेको टाउको हल्लाउँदै" त्यो त हो नै " भनिन् ।मैले पनि चिया खाइसके र हतार गरि हेल्मेट हातमा च्यापेर लुसुक्क बाहिर निस्के।उनले गेटभित्रै बाट हात हल्लाइन। म पनि ब्यस्त मान्छे जस्तो गरि निस्के।तर एउटा मास्टर कति न ब्यस्त हुन्छ र! त्यो त मलाई नै थाहा थियो।

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...