महन्थ ठाकुरले स्टेजबाटै किन भने शान्ति ! शान्ति !!

२०७४ असार ४ गते १४:२० मा प्रकाशित


Mahantha-Thakur_1४ असार । परासीको बुद्धचोकमा शनिबार राजपाको विरोध सभा चलिरहेको थियो। सभालाई राजपा अध्यक्ष मण्डलका अधयक्ष महन्थ ठाकुरले हिन्दीमा सम्बोधन गरिरहेका थिए। सभा नजिकै रहेको मध्य नेपाल यातायात व्यवसाही समितिको काउण्टरमा एमालेको चुनाव चिन्ह अंकित टिर्सट थियो।

‘प्रहरीले धेरै संयम अपनाएको थियो तर प्रहरीमाथि आक्रमण गर्न आएपछि हवाई फायरिङ सुरु गरेका हौं’, उनले भने। घटनामा प्रहरीले रबरको गोली चलाएको छ।
महन्थ ठाकुरले सम्बोध नसक्दै राजपाका कार्यकता उत्तेजित हुँदै त्यहाँ पुगे। काउण्टरका कर्मचारीलाई अश्लिल गाली गरे। धम्क्याउँदै भने, ‘त्यो टिर्सट किन त्यहा राखेको रु’

उनीहरुले एमालेको टिर्सट जबरजस्ती लिए र पेट्रोल छर्किए। त्यसपछि आगो सल्काइदिए। यतिमात्र उनीहरुको हर्कत सकिएन। उनीहरुले समितिको काउन्टरमा काम गर्ने कर्मचारीलाई अश्लिल गाली गर्दै कुटपिट गर्न थाले। राजपाका कार्यकर्ताको पिटाईबाट काउण्टर कर्मचारीको टाउकोमा चोट लाग्यो। उनी ढले।

टाउकोमा चोट लागेका उनलाई तत्कालै परासीस्थित पृथ्वीचन्द्र अस्पताल पुर्‍याइयो।

स्थिति भड्किएपछि घटनास्थलमा प्रहरी पुग्यो। प्रहरीले स्थिति नियन्त्रणमा लिन दुवै पक्षलाई छुट्याउने प्रयास ग¥यो। तर राजपाका कार्यकर्ता प्रहरीमाथि नै आक्रमण गर्न थाले। त्यसपछि प्रहरीले चार राउण्ड हवाई फयर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक बिष्णुहरी कोइरालाले बताउँछन्।

‘प्रहरीले धेरै संयम अपनाएको थियो तर प्रहरीमाथि आक्रमण गर्न आएपछि हवाई फायरिङ सुरु गरेका हौं’, उनले भने। घटनामा प्रहरीले रबरको गोली चलाएको छ।

रबरको गोली लागी घाइते हुनेमा राष्ट्रिय जनता पार्टी नेपालको विद्यार्थी संगठनका उपाध्यक्ष रामेश्वर कुशवाहासहित पाँच जना छन्। गेरमीका सुरज गुप्ता, भाजवन्त गुप्ता, रामेश्वर कुशहवा र जहदाका नरसिंह चौधरी घाइते छन्। प्रहरीतर्फ असई गजानन्द शाह र एक म्यादी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बाहिर प्रहरी र राजपा कार्यकर्ताबीच झडप भइरहँदा कार्यक्रमलाई महन्थ ठाकुरले सम्बोधन गरिरहेका थिए। स्थिति असहज भएको थाहा पाएका उनले मञ्चबाटै भने ‘शान्ति शान्ति११’ मञ्चबाट अध्यक्ष ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले तोडफोडमा नत्रिन र संयमित हुन आग्रह गर्दा पनि राजपा कार्यकर्ताले आफ्नो हर्कत रोकेनन्।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...