मरिण गाउँपालिकाका सबै पदमा माओवादीको बाजी !

२०७४ जेष्ठ २ गते १७:१९ मा प्रकाशित


maoist२ जेठ, सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार पानीराज बम्जन ४ हजार ४ सय ८४ मतका साथ विजयी भएका छन् ।


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १ हजार ७ सय ७३ मत पाए ।

गाउँपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै संगिता माझीको पल्लाभारी भएको छ । उनी ४ हजार २ सय ३३ मत ल्याएर विजयी भइन् । एमालेकी शर्मिलाकुमारी माझीले १ हजार ८४७ मत पाइन् ।

गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुमा पनि माओवादी केन्द्रले एकलौटी जित हात पारेको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय, सिन्धुलीले गाउँपालिकाको सबै पदमा माओवादी केन्द्रले कांग्रेस- एमालेलाई ‘क्लिन स्वीप’ गरेको जानकारी दिएको छ ।

तीन नम्बर प्रदेशअन्तर्गतको स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको यो पहिलो नतिजा हो ।

You may also Like this

थप समाचार

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

यि तस्विरहरु जसले विश्वभरी नै चर्चा पाए
यि तस्विरहरु जसले विश्वभरी नै चर्चा पाए

काठमाडौँ । वाइल्डलाईफ अर्थात वन्य जीवन झल्काउने यी तस्बिरहरुले धेरैको मन जितेको छ । वाइल्डलाइफ फोटोग्राफरका क्यामेराले कैद गर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...