चौथो हाफ म्याराथनको तयारी पूरा

२०७३ चैत्र ३० गते १३:२४ मा प्रकाशित


marathon-३० चैत, कैलाली । धनगढी जेसीसले प्रत्येक नयाँ वर्षको अवसरमा आयोजनामा गर्ने हाफ म्याराथनको यस संस्करणको सबै तयारी सकिएको छ । हाफ म्याराथन शुक्रबार हुनेछ ।


‘अव धनगढी दौडीन्छ’ भन्ने नाराका आयोजना हुने म्याराथनको लागि ट्राफिक ब्यवस्था, स्वास्थ्य र खानेपानीको समेत तयारी पूरा भइसकेको धनगढी जेसीसका अध्यक्ष टेकराज पनेरुले जानकारी दिए ।

उनले तीन चरण गरिने म्याराथनमा खुल्लातर्फ २१ किलोमिटर, पहिलो चरण, दोस्रो चरणमा मिडिया कर्पोरेटका लागि ५ किलोमिटर र ट्राइसाइकल ५ किलोमिटर तेस्रो चरणमा गरिने अध्यक्ष पनेरुले जानकारी दिए ।

करिब २ हजारको सहभागिता रहने प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गर्ने आयोजकले जानकारी दिएको छ । आयोजक धनगढी जेसिजका अध्यक्ष पनेरुले प्रतियोगिताका लागि करिब ४ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको बताए ।

उनले प्रतियोगितामा म्याराथन दौड तर्फ प्रथम, द्घतिीय र तृतीय हुनेलाई क्रमशः ५१ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिनेछ । मिडिया कर्पोरेटतर्फको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमसः ५, ३ र २ हजार पुरस्कार दिइनेछ ।

अध्यक्ष पनेरुले प्रतियोगिताबाट बचेको रकमले भविष्यमा धनगढीमा घुम्ती शौचालयको व्यवस्था गरिने बताए । धनगढी जेसिजले आयोजना गर्न लागेको हाफ म्याराथुनको यो चौथौ संस्करण हो ।

You may also Like this

थप समाचार

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव
औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रक ...

सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा
सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष् ...

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब
मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएक ...

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश
यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायात ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...