मन्त्री केसी भन्छन्, एक तह, एक खेलकुद मैदान

२०७४ साउन २३ गते १४:५५ मा प्रकाशित


spprts-minister-kcपर्वत, साउन २३ । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानीय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तीव्रता दिएको बताएका छन्।

नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले खेल मैदानको अभावमा पछिल्लो समय युवा खेल क्षेत्रबाट पलायन हुने क्रम बढेको बताउँदै खेल क्षेत्रको विकासका लागि सरकार दृढ रहेको बताए ।

उनले प्रत्येक नगरपालिका र गाउँपालिकाले समेत युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम बनाउन आफूले आग्रह गरेको बताउँदै यसबाट तल्लो तहमा रहेका खेलाडी र युवा लाभान्वित हुने बताए ।

मन्त्री केसीले पर्वत जिल्लाका सबै तहमा एकरएकवटा खेल मैदान विस्तारका लागि स्थानीय तहसँग सहकार्य गरेर आफूले बजेट विनियोजन गरिदिने आश्वासन समेत दिए ।

मन्त्री केसीले आगामी माघ ७ गतेभित्र दुईवटा चुनाव सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताउँदै ती निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो दल बनाउन सबै कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गरे ।

मन्त्री केसीले लोकतन्त्रप्रतिको लडाइँ सकिएको बताउँदै अबको पालो भनेको आर्थिक समृद्धिको भएको बताए । उनले एक अर्काबीच आरोप प्रत्यारोप र दोषारोपणभन्दा पनि आर्थिक विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बेला आएको छ भने । रासस

You may also Like this

थप समाचार

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...