मन्त्री भीमसेनदासलाई सरकारको ५० लाख

२०७४ माघ २७ गते ०८:३२ मा प्रकाशित


bhimsen-das-pradhan

सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ। बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गोपालकुमार बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

नेपालको संविधानको धारा ८६ को उपधार २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा नियुक्तिका लागि तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

सिफारिसमा परेका बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुन्। कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस झापाका जिल्ला सभापति थिए।

यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन्। जोशीसँग पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेको पनि अनुभव छ। राष्ट्रियसभा सदस्यका लागि सिफारिस पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उपचारका लागि भन्दै मन्त्री प्रधानले आफैंले प्रस्ताव गरेपछि उनका लागि ५० लाख दिने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए।

यस्तै, बैठकमा विभिन्न मन्त्रीको प्रस्तावमा १ हजारभन्दा बढीलाई करोडौं रुपैयाँ वितरण गर्ने सम्बन्धमा छलफल भए पनि निर्णय नभएको स्रोतले जानकारी दिएको छ।

सहायता वितरणसम्बन्धी प्रस्ताव गृह मन्त्रालयबाट आउनुपर्नेमा केही मन्त्रीको ठाडो प्रस्तावमा करोडौं रुपैयाँ बाँड्दा गलत सन्देश जाने भन्दै प्रशासनिक अधिकारीले सुझाव दिएपछि प्रधानमन्त्री निर्णयबाट पछि हटेका हुन्। यसअघि सरकारले १५ सयभन्दा बढीलाई झन्डै ४० करोड वितरण गरिसकेको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बुझाएको प्रतिवेदन पारित गरेको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रकवि माधव घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...