पाँचबुँदे सौल घोषणापत्र पारित

२०७४ बैशाख २६ गते १३:५७ मा प्रकाशित


sool२६ बैशाख, दक्षिण कोरिया । प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले राजधानी सौलमा मे ६ देखि गरेको दुईदिने कार्यक्रममा विभिन्न सत्र सञ्चालन गरिएको थियो ।


पहिलो दिनको पहिलो सत्रमै चार वटा कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि विमर्श गरियो । नेपालबाट उपस्थित भएका प्रा। डा। खगेन्द्रप्रसाद लुइँटेलको ‘मानक नेपाली भाषा, आवश्यकता र चुनौती एवं हालसम्मका प्रगति’, हङकङबाट सहभागी देश सुब्बाको ‘नेपाली साहित्यमा भयवाद’, सिक्किमबाट आएकी डा। पुष्पा शर्माको ‘भारतमा नेपाली साहित्यको चर्चा’ र अष्ट्रेलियाबाट आएका भीमसेन सापकोटाको ‘सकारात्मक सोच र नेपाली साहित्यमा यसको आवश्यकता’ शीर्षकका कार्यपत्र प्रस्तुत गरिएको थियो ।

डा। लुइँटेलले कार्यपत्रमा नेपाली भाषाको महत्वलाई स्पष्ट पार्दै यसको मानक स्वरुपको संरक्षणमा जोड दिएका थिए । कार्यपत्रहरूमाथि कवि जीवन खत्री र प्रमोद सारङ्गले छलफल चलाएका थिए ।

दोस्रो सत्रमा एसिया स्तरमा नेपाली साहित्यको गतिविधि तीव्र पार्ने उद्देश्यले ६ सदस्यीय अनेसास एसिया कमिटिको गठन गरियो । कमिटिमा प्रकाश माइलाको अध्यक्षतामा डा. पुष्पा शर्मा, कृष गुल्मेली बाबु, देश सुब्बा र भीमसेन सापकोटा रहेका छन् ।

दोस्रो तथा अन्तिम दिन जापान, नेपाल, हङकङ, भारत, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरूबाट प्रतिनिधित्व गरेका तथा कोरियामा रहेका साहित्यकर्मीहरूको बीचमा कार्यक्रमको उद्घाटन समारोह भयो ।

पदम विश्वकर्माको सभापतित्व तथा प्रा। डा। खगेन्द्रप्रसाद लुइँटेलको प्रमुख आतिथ्य रहेको सो समारोहमा नेपाली दूतावासका कार्यवाहक राजदूत किरण शाक्य, अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा लगायत अतिथि थिए । दोस्रो सत्रमा उपस्थित स्रष्टाहरूले करिब तीन घण्टा कविता, गीत, गजल, मुक्तक लगायत सिर्जना सुनाए ।

कोरियाका लागि नेपालका कार्यवाहक राजदूत शाक्यले दूतावासमा नेपाली पुस्तकालय निर्माण गर्ने र नेपालका राम्रा पुस्तकहरू कोरियन भाषामा अनुवाद गरी प्रकाशनको लागि पहल समेत गर्ने बताए ।

कार्यक्रममा भयवादका पवर्तक देश सुब्बा, नेपाली मानक भाषाका अभियन्ता डा.लुइँटेल, संगीतकार डि.आर. अटु, डा. पुष्पा शर्मा लगायतलाई अनेसास र आयोजक च्याप्टरले सम्मान गरेको थियो ।

सम्मेलनले कार्यपत्रमाथि उठेका विषयवस्तु, प्रवासी साहित्यिक कार्यक्रम, नेपाली भाषा(साहित्यको लागि प्रवासी योगदान लगायत विषयमा पाँचबुँदे सौल घोषणापत्र समेत पारित गरेको छ ।
्््

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...