मिस्टर & मिस हस्पिटालिटी नेपालको उपाधि रेशम र प्रमिलाको नाममा

२०७४ बैशाख १८ गते ११:३१ मा प्रकाशित


grand-fainale१८ बैशाख । एपि इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगीताको मिस हस्पिटालिटी नेपालको उपाधि स्याङ्जा वालिङका रेशम कुमाल र पोखराकी प्रमिला गुरुङले जितेका छन् । कुमालले अन्य ११ जना र गुरुङले अन्य १३ जना प्रतिष्पर्धीलाई पराजित गर्दै उपाधि चुमेका हुन्, प्रतिष्पर्धामा दुवैविधाका २६ प्रतियोगी सहभागी थिए । विजेताले उपाधिसँगै पचहत्तर रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन् । होटल बाटिकामा रेष्टुरेन्ट सुपरभाइजरको रुपमा कार्यरत रेशमले उपाधीसँगै ‘बेस्ट कन्फीडेन्ट’ भिवर च्वाईस एवार्ड आफ्नो पोल्टामा पारे । प्रमिला भने नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत छिन् ।

प्रतियोगितामा राम गुरुङ र प्राथना गुरुङले फष्ट रनरअप सँगै उनीहरुले मोस्ट हेन्डसम, मोस्ट फोटोजेनिक र मोष्ट व्यूटिफुल एवार्ड सहित पचास हजार बराबरको पुरस्कार पाए । प्रतियोगितामा राजन सिङ राई र रेजिना गुरुङ सेकेन्ड रनरअप सँगै दुवैले मोष्ट इनरजेटिक एवार्ड प्राप्त गरे । उनीहरुले पच्चीस हजार बराबरको पुरस्कार प्राप्त गरे । कार्यक्रममा स्वर सुन्दरमणी गायक कर्णदास, एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रू र पोखरा कला केन्द्रको नृत्य प्रस्तुती र हाँस्य प्रहशनले माहोल तात्यो ।

कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले मुख्य प्रायोजन गरेको कार्यक्रमको फाइनल पोखराको होटल ग्राण्डमा भएको हो । प्रतियोगीताको कोरियोग्राफि सुरज थापा मगरले गरेका थिए ।  आयोजक संस्था एपि इन्टरटेन्टमेन्टका निर्देशक अर्जुन पाण्डेले नेपाल कै पहिलो मिस्टर एण्ड मिस हस्पिटालिटी नेपाल पहिलो सिजन निकै सफल भएको दाबी गरे ।

ग्राण्ड फिनालेको निर्णायकमा पाईलट तथा कलाकार बिजय लामा, गायक कर्णदास,  कान्तिपुर होटल टुरिजम होटल म्यानेजमेन्ट कलेजका चियरमेन राम कोडान्डा, पोखरा लिङ्कन इन्टरनेशनल कलेजकी फाउन्डर प्रिन्सीपल पम्फा गुरुङ, होटल टुकी रिर्सीटका रेसिडेन्ट म्यानेजर धुव्र शर्मा, होटल बाटिकाका संचालक सन्तोष पोख्रेल र न्यू ग्लायलेक्सीका प्रिन्सिपल रामजी शर्मा रहेका थिए ।

You may also Like this

थप समाचार

जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी
जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी

७ असोज । जलेश्वर नगरपालिकामा राजपाका राम शंकर मिश्र प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा राजपाकै मुन्चुन देवी निर्वाचित ...

तिब्र गतिका कारण बस पल्टियो, १० जना यात्रु गम्भीर

कञ्चनपुर, असोज ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४ ...

हरिवनमा एमालेका प्रसाई मारे बाजी
हरिवनमा एमालेका प्रसाई मारे बाजी

७ असोज, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ । शनिबार सम्पन्न मतगणनाम ...

वीरगञ्ज महानगर को पछिल्लो अपडेट

७ असोज । वीरगञ्ज महानगरपालिका अपडेटः प्रमुख कांग्रेस -७३१४ फोरम - ६८२५ राजपा - ५२१२ एमाले - ३६५२ माओवादी - ३६४४ लो।फोरम - २५३ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...