मानिसहरु किन दुःखी हुन्छन् ?, जान्नुहोस्

२०७२ फागुन २ गते ००:३८ मा प्रकाशित


काठमाण्डौ - एकजना मानिस ज्यादै उदास र निराश भएर बसिरहेको थियो । मेरो विचारमा त्यो व्यक्ति यति धेरै रोइसकेको थियो,उसको वरिपरि के छ भनेर सम्म उसलाई ख्याल थिएन । रोकिई–रोकिई उसका आँखामा आँसु बहन लागेको थियो । सामुन्ने उभिएको एउटा दार्शनिकले निकै अगाडी देखि उसलाई हेरिरहेको थियो । ती दार्शनिक त्यस व्यक्ति नजिकै गई निकै प्रेम पुर्वक सोध्न थाले–“तिमिलाई के भएको छ ?
“म धेरै दुःखी छु” उसले भन्यो ।
“किन ?दार्शनिकको प्रश्न थियो
“मैले घर धनीको भाडा पनि तिरेको छैन । आज साँझ सम्म नतिरेमा उसले मेरा सारा सामानहरु एठाएर बाहिर फ्याँकिदिन्छ र मलाई पिट्छ पनि । त्यो गुण्डा टाइपको मानिस छ ।”
उसले लामो सास फेर्दै भन्यो । सबै ठाउँमा कोशिश गरिसके । साथीभाइ,नातेदार कसैले पनि सहयता गरेनन् । कुनै त्यस्तो सामान पनि मसँग छैन जसलाई बन्धकी वा बेचेर पैसा ल्याउन सकुँ ।”
“आखिर गर्छौ के काम ?”
“एउटा फर्ममा काम गर्छु । आज यहि चक्करले गर्दा काममा पनि गइँन । फर्मको मालिक बाहिर गएको छ । एक हप्ता पछि मात्र फर्कन्छ । मेनेजर भन्छ काम पुरा सकिदेऊ अनि त्यसपछि पैसा लैजाऊ । काम पुरा गर्न सकेको छैन । त्यसैले पैसा दिइरहेको छैन । मालिक भएको भए त अवश्य पनि पैसा पाइन्थ्यो ।

“काम पुरा गरेको छैन ?”
“हो”उसले भन्यो ।
“किन ?” दार्शनिकले सोध्यो ।
“केहि दुःखका कारण नै रोकिन गएको छ ।”
“काम पुरा गरेको भए आज यो समस्य आइपथ्र्यो त ?”
ऊ शिर निहुराएर बस्यो । दार्शनिकले भने –“तिमिले आफुले गरेको कर्मको फल भोग्नै पर्छ । काम पुरा गरिदिएको भए आज यो हालत हुन्थ्यो ?”
ऊ चुपचाप बसिरह्यो ।
दार्शनिकको यो भनाई एकदम ठिक थियो । कुनै पनि दुःख वा चिन्ता,जसले हाम्रो सुख हरण गरेको हुन्छ त्यसको जन्म हाम्रै क्रियाकलापबाट भएको हुन्छ । हामी स्वयं नै त्यसको जिम्मेवार हौ । दार्शनिक कार्लाइलको भनाई छ– दुःख हाम्रै कार्यको फल हो । यदि तपाई स्वयंले आफ्नो नराम्रो हालतलाई वा दुःखको कारणलाई इमान्दारीपुर्वक सोच्ने हो भने त्यसमा तपाई आफ्नै दोष भएकोथाहा पाउनु हुनेछ । अरु कोहि पनि तपाईको दुर्दशाको रत्तिभर पनि जिम्मेवार हुँर्दैनन् । तपाईले चिन्तन गर्ना साथ तपाईलाई थाहा हुन्छ कि अमुक तपाईको गल्ती वा असावधानिका कारणबाट त्यस्तो भएको हो । यदि त्यो दोष तपाईको तर्फबाट उत्पन्न नभएको भए सायद निश्चित थियो कि तपाईले त्यो किसिमको दुःख उठाउँनु पर्दैनथ्यो । यो तपाई कै कर्मको फल हो ।
हरेक मानिस सुख पाउन चाहन्छ । को कस्तो व्यक्ति छ जो सुख पाउनका लागि लालयित हुँदैन ? हरेक मानिस त्यसका लागि त सधैं इच्छुक र प्रयत्नशील रहिरहेको हुन्छ । सुख के सजिलै पाईन्छ ? सुख पाउन त्यति सजिलो छैन । त्यसका लागि एउटा साधना गर्नु जरूरी हुन्छ । नियमको पालना गर्नु जरूरी हुन्छ । जब सम्म तपाई त्यस्तो गर्नुहुन्न, तपाई कसरी सुख पाउन सक्नु हुन्छ ? माथि उल्लेखित दुःखी व्यक्तिले त्यति धेरै दुःखी नबनी आफ्नो काम पुरा गरेको भए हुन्थ्यो । मालिक नभए पनि उसलाई पैसा उपलब्ध हुन सक्थ्यो र त्यति धेरै दुःख पाउनु पर्दैनथ्यो ।
दुःख–सुख के हो ? इब्ने बतुताको भनाई यो छ की मनको भावनाको नाम नै सुख हो र मनको भावनाको नाम नै दुःख हो । शेक्सपियरले पनि यसलाई मनोदशाको नाम दिएका छन् । जस्तो तपाईको भावना हुन्छ त्यस्तै नै तपाइलाई अनुभव हुनेछ । हेर्दै जाने हो भने वास्तवमै संसारका कुनै पनि मानिस सुखी छैनन् ।सबैलाई कुनै न कुनै कुराको दुःख छ अभाव छ । सबै आ–आफ्ना भागदौडमा लागिरहेका छन् ।सुख नामको वस्तुका लागि मानौं सबैजना तर्सिरहेका छन् ।यसलाई खोजेर पनि कतै पाउन सकिरहेका छैनन् । सुखले मानिसलाई ठुलो शान्ति र शक्ति प्रदान गर्दछ । सुखी मानिस मिठो निन्द्रामा सुत्छ र उसको स्वास्थ्य पनि सधै राम्रो रहिरहन्छ ।

आखिर यो सुख भनेको के हो ?
कसरी पाइन्छ ? 
सुखका लागि हरेक मानिस दुःखी भएका छन् । दुःख सबैलाई केहि न केहि कुराको पक्कै छ । वास्तविकता चाँहि यो छ कि मनले मानेमा सुख छ,अनि त्यहि मनले मानेमा दुःख छ । मानिसको लोभ र लालचले नै उनीहरूलाई दुःखको भावनामा लैजान्छ । संसारमा रहेका कुनै पनि चल वा अचल जीवित वा मृत वस्तुहरू प्रति एउटा सिद्धान्त हुन्छ,ती सबैमा केहि न केहि अवगुण वा दोष अवश्य पनि लुकेको हुन्छ । सबै कुराले पुर्ण र सबैभन्दा सुन्दर यस संसारमा केहि पनि वस्तु छैन । सबैकुरा कुनै पनि वस्तु मा कदापी हुन सक्दैन ।

यो त्यहि सबै कुरा नहुनुले नै मानिसलाई दुःखी बनाउँछ । यसै कारणले गर्दा,कुनै पनि व्यक्ति केहि पाएर खुसी भएको हुँदैन । यदि एकपटक उसले ीवर्ग नै पायो भने पनि केहि समय पछि त्यसमा केहि न केहि दोष निकाल्न थालिहाल्दछ र उसले स्वर्गको सुख पाईसकेपछि पनि फेरि ऊ दुःखी हुन थाल्दछ । यो सारा मानिसको स्वभाव हो । यसै कारणले गर्दा सन्तोष लिनुलाई महत्वपुर्णरूपमा लिइएको छ र सन्तोषलाई नै सुखको जन्मदाता मानिएको छ ।
सुख सन्तोषमा नै छ । जब सम्म तपाई सँग जे छ त्यसमा नै तपाई सन्तोषको अनुभव गर्नुहुन्न,तब सम्म तपाईलाई सुख प्राप्त हुन सक्र्दैन । त्यसैले यदि तपाई सुख चाहनुहुन्छ भने तपाईमा सन्तोषको भावना हुनु आवश्यक छ । जब सम्म यो भावना हुदैन तब सम्म सुख पाउन सक्नु हुन्न । जब तपाईको मनमा सन्तोषको भावना उत्पन्न हुन्छ , तब तपाई आफै स्वयं सुखको अनुभव गर्न थाल्नु हुन्छ ।
माइकल ब्राउनको भनाई कति सहि छ भने उनको भनाईमा जुन कुरा तपाई सँग छ त्यसै प्रति सन्तुष्ट हुँदै अगाडी बढ्ने कामना राख्नुपर्दछ । यो वाक्य वा भनाई अत्यन्त महत्वपुर्ण रहेको छ । यसलाई बुझेर नै तपाई आफ्नो सुखको महसुस गर्न र सफल हुन सक्नुहुन्छ । जो जे छ त्यसैमा सन्तोष गर्दै भविष्यको कामना गर्नु,आफु–आफैमा यसले ठुलो अर्थ राख्दछ । पुर्णरूपबाट जुन कुरा छ त्यस प्रति सन्तोष लिनु भनेको आफ्नो प्रगतिको लागि अगाडिको ढोका बन्द गर्नु हो ।

आफ्नो मार्गलाई अवरूद्ध पार्नु हो । जो जे छ त्यसैमा सन्तोष गरी अगाडी बढ्ने कामना राख्नुनै लक्ष्य हो र जसले यस्तो गर्दछ उसले नै सुख पनि पाउँछ । उदाहरणका लागि जेनलाई लिन सकिन्छ । उसको रेडीमेड गार्मेन्टको पसल छ । यो सानो पसल बाट उसको परिवारको सारा घरखर्च मजासँग चलेको छ । त्यसबाट ऊ सन्तोष पनि लिन्छ अनि उसले सुखको पनि अनुभव गरिरहेको छ । बदलामा उसले त्यस पसललाई अगाडि बढाउने कोशिश पनि गरिरहेको छ ।

उसले सन्तोष लिदै गार्मेन्ट उद्योग खोल्न समेत प्रयास गरिरहेको छ,र यस दिशामा उसले आफ्नो कदम अगाडि बढाएको छ । त्यसैले यस्तो गर्नु सर्वथा उचित पनि हो । सुखी रहेर नै ऊ प्रगती गर्दछ ।
वर्तमान प्रति सन्तोष लिएर भविष्यका लागि जो प्रयत्नशील रहिरहन्छ र शरीरको दुःखलाई भुल्दछ उसले नै वास्तवमा सुख पाउँछ । त्यसैले जो जे छ तपाई सामु त्यसैप्रति अवश्य सन्तोष गर्नुहोस् । जो जे छ तपाईसँग ठिक छ,ईश्वरले तपाईलाई धेरै नै दिएका हुन्,त्यसैमा ठुलो सख छ । अरू के चाहियो ? यसको साथ साथै भविष्यका लागि तपाई प्रयत्नशील भइरहनुहोस् । यहि नै सुख हो । यस प्रकार बाट तपाई आफुलाई सुखको अनुभव गर्न सक्नुहुन्छ । त्यसको विपरीत यदि तपाई आफुसँग जो जे छ त्यसैमा सन्तोष प्रकट नगरी रूनु हुन्छ,चिच्याउनु हुन्छ,झर्कोफर्को गर्नुहुन्छ भने तपाईले अलिकति पनि सुद पाउन सक्नुहुन्न र कामनाको वासनाले गर्दा तर्पाले आफ्नो वर्तमानलाई समेत समाप्त पारिदिनुहुन्छ । सुखबाट हात धोएर बस्नुपर्छ । आफ्नो सारा चैन उडाउन हुन्छ ।
अतएवं हामीले जे जति छ ,जे छ त्यसैमा सन्तोष मानी सुख लिनुपर्छ । आफ्नो चर्केको घर भए पनि केहि त छ मसँग भन्ने ठानी सन्तोष लिनुहोस् । यस्ता कति धेरै मानिसहरू जसका चर्केका समेत कुनै घर छैनन् । तिनीहरू मध्ये पनि त्यो नै बढी भाग्यमानी व्यक्ति हो,जो सन्तान एवं सुखको निन्द्रा लिएर निदाउँछ अनि चर्केको घरलाई पनि राजमहल बनाउनका लागि अवश्य पनि प्रयत्नशील रहिरहेको हुन्छ । त्यहि नै तपाईको वास्तविक प्रगती हो । यस प्रकार तपाई सफलता प्राप्त गर्न सक्नुहुन्छ । आफ्नो टुटेको चर्केको घरतिर हेरी रूनु,झर्कोफर्को गर्नु,असन्तोष प्रकट गर्नु तपाईका लागि हानिकारक हुन्छ ।
संसारमा यस्तो कुनै पनि समस्या हुँदैन,जसको समाधानको विकल्प छैन । सबैको समाधानको बाटो पक्कै हुन्छ । तपाईलाई जुन संकट वा दुःख आइलागेको छ त्यसको पनि केहि न केहिबाट अवश्य समाधाान हुन्छ । व्यर्थमा आफ्नो शरीरलाई कष्ट दिएर तपाई किन दुःखी हुने । हुन्छ –त्यहि कुरा आखिर जे हुनुछ । त्यसैले त्यसलाई साहसका साथ मुकाविला गर्नु पर्छ । भय देखि त्यतिबेला मात्र तपाई डर लिइराख्नुहोस्,जबसम्म तपाई सामुन्ने आइपुगेको हुँदैन । जब तपाई सामुन्ने आइपुग्छ अनि तपाई त्यसलाई साहसका साथ मुकाविला गर्नुहोस् । तब तपाईको जित निश्चित छ ।
साँचो कुरा त यो हो कि हामी मध्ये अधिकांश मानिसहरु आफ्नो सुख आफ्ना व्यर्थको चिन्ता र दुःख का कारण खोजिरहेका हुन्छौ । अधिकतम् यस प्रकारका दुःखहरू जसको न कुनै शिर हुन्छ न कुनै खुट्टा,केबल बेमतलवका कुराहरू मात्र हुन्छन् । गम्भिरतापूर्वक तपाई आफूलाई नियाल्नुहोस् । जो जे छ त्यसैमा सन्तोष मान्नु जरूरी हुन्छ । आफ्नो जे छ त्यसैमा तपाई सुखको अनुभव गर्नुहोस् । आफ्नो सुख्खा रोटी मा नै सन्तोष मान्नुहोस् । अरूका चील्ला रोटी देखेर मन चञ्चल पार्नु राम्रो होईन ।

आराम सँग सुत्नुहोस्–जुन व्यक्ति सुखको निन्द्रामा निदाउँछ उसको स्वास्थ्य पनि सधै राम्रो रहिरहन्छ । उसको समेर पनि थाहा पाउन सकिदैन । ऊ आफ्नो वास्तविक उमेर भन्दा पाि कान्छो देखिन्छ साथै ऊ दिर्घायु पनि हुन्छ । उसको चेहेरा पनि आकर्षक देखिन्छ । त्यसको विपरित जुन व्यक्ति हुन्छ ऊ खास उमेर भन्दा पनि बुढो देखिन्छ । आयु पनि कम हुन्छ । प्रायःविरामी भइरहन्छ । सुन्दर अनुहार पनि बिग्रिएर नराम्रो कुरूप देखिन्छ । उसको व्यक्तित्व पनि अनाकर्षक देखिन्छ ।
तपाई के चाहनुहुन्छ ? सुख, त्यसो हो भने तपाईले सन्तोष लिनु परम आवश्यक छ । आफ्नो व्यक्तित्व तपाई आफै आकर्षक बनाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईले यी नियमहरू पालना गर्नुपर्छ । कति नै धेरै तपाईलाई दुःख आइपरोस्,तपाई आरामसँग निदाउनुहोस् । एकदम बेफिक्रीसँग तपाईको मन खुसी भइराख्नेछ । तपाईको स्वास्थ्य पनि ठीक भइराख्दछ । याद राख्नुहोस्, दुःख त चिन्ता गर्दैमा,छटपटाउँदैमा,झोक्किदैमा, चिच्याउँदैमा,कराउँदैमा टाढा हुदैन बरू त्यसको बदला समाधान खोज्नुपर्छ ।
ढुङ्गा माथिबाट हात थिचिएको छ भने त्यसलाई विस्तारै –विस्तारै निकाल्नुपर्छ । एकदम आत्तिएर हत्तपत्त निकाल्न खोजियो भने हात काटेर त्यहिँ रहन पनि सक्छ या तपाईलाई चोट लाग्दछ । सुस्तरी निकाल्दा नै राम्रो हुन्छ । त्यहि कुरा तपाईको दुःखका बारेमा पनि लागु हुन्छ ।के तपाईले कहिल्यै सोच्नुभएको छ,दुःख किन उत्पन्न हुन्छ ? तपाईको असन्तोषको कारण ।
दुःखको जन्म दिने वाला वस्तुअसन्तोष नै हो ।जब हामी कुनै कुरा प्रति असन्तोष गर्छौ अनि दुःखको रूप बनिहाल्छ । सन्तोष नभएपछि दुःख पैदा भइहाल्छ । त्यसैले वास्तवमै सुख चाहने हो भने सन्तोष लिनु पर्दछ । जस्तो छ जे छ त्यसैमा सन्तोष मानौं । आरामसँग सुत्नुस् । छट्पटाउँदैमा हायहाय भन्दैमा केहि हुँदैन । आफ्नो मनलाई प्रशन्न राख्नुहोस् । मन भि शुल आउँन नदिउँ । मनमा नराम्रो शुल पैदा हुनु नै दुःको कारण हो । जति नै जेसुकै भए तापनि हाँस्न,मुस्कुराउन,आरामसँग सुत्न नछोडौ । केहि केहि मानिसहरु आत्तिन्छन् । हाय ! यस्तो भयो । अब के होला ? कसरी होला ? भन्दै दुःखले चारैतिर घेरेको पाउँछन् । उनीहरु खानपिन गर्न पनि बिर्सन्छन् । अनुआर रङ्गहीन हुनथाल्छ । परिवारलाई समेत सुखचैन दिदैनन् ।
जब तपाई अभावको अनुभव नै गर्नुहुन्न आफुलाई सन्तोषमा राख्नुहुन्छ भने दुःख हुँदैहुदैन । बहालमा बस्ने मान्छे भएर आफ्नो घर नहुनुको दुःख मनाऊ गर्नु सबभन्दा बढी मुर्खता हो । आफुमा सन्तोष लिनुपर्छ । दुःख मनाऊ नगरी कोशिश गरी आफ्नो घर बन्न सके त…… अनि त मज्जा हुन्थ्यो ।
एउटा कुरा तपाईले आफ्नो ध्यानमा राख्नुहोस्, जुनकुरो तपाईका लागि दुःखको कारण हुन सक्छ , त्यहि कुरो अरू कसैका लागि सुखको कारण पनि बन्न सक्छ । जुन तपाईका लागि सुख हुन्छ अरुका लागि दुःख पनि हुन सक्छ । त्यसैले तपाईका भावनाहरू मात्र व्यर्थ हुन जान्छन् । आफ्नो मनका भावनाहरुलाई आफ्नै अधिकारमा राख्नुहोस् । तपाईलाई दुःखको अनुभव हुने छैन । स्वयंप्रति नियन्त्रण राख्नुहोस् ।
एउटा व्यक्ति रेलबाट यात्रा गरिरहेको थियो । उसको आँखामा सुनको महङ्गो बहुमुल्य फ्रेमवाला चश्मा थियो । अचानक रेल एउटा नदिको पुलमुनिबाट गइरहेको उसले चुकुल खोलेर हेर्दा देख्यो । त्यहीँनेर उसको चश्मा पुलमा ठोक्किएर तल नदीमा खस्न पुग्यो । ऊ चकित प¥यो । एक–दुई यात्रीहरू चिच्याउँदै कराउन थाले–“जञ्जीर खिच ।”
केहि बेर सम्म त त्यो युवकले धैर्य ग¥यो । अनि फेरी भन्न थाल्यो “के भयो ? चश्मा त तल नदीमा पर्न गयो ।” त्यो युवकले धैर्य लिएर बस्यो । उसले अलिकति पनि दुःख मनाउ गरेन । के यस्तो घटनामा दुःख मान्दैमा उसको चश्मा पाउन सकिन्थ्यो त ? कदापि सकिदैनथ्यो । यस घटनामा उसले आफैलाई दुःखी बनाएर अझ बढी नोक्सान पार्न सक्थ्यो । तपाई आफै अनुमान गर्न सक्नुहुन्छ । यसबाट हामी आफै बुझ्न सक्छौ कि हामी आफै दुःखी भएर आफै अहित गरिरहेका हुन्छौ । सधै भरी नै सुखको कल्पना गरिरहनु पर्छ । हरेक कुरामा सुख ठान्नु पर्छ ।
दुःख के हो ? दुःख भन्ने कुन चराको नाम हो थाहै छैन भन्दै तपाईले यसलाई बिर्सनुपर्छ । हरेक समय हरेक परिस्थिति तपाईले आफुलाई प्रसन्न राख्नुहोस् अनि तपाई यस्तो खाले कुनै कार्य गर्नुहोस् कि दुःखको कुनै अवसर नै नआओस् । कर्लाइलको भनाई के छ भने दुःखको कारण नै हामी स्वयं आफै हौ । हाम्रै कार्यको फल हो दुःख । त्यो अन्यत्र बाहिरबाट आएको हुँदैन । त्यसैले आफ्नै कर्मलाई हेर्दै हामी सबै किन रून्छौ ? त्यसको कारण हेरौं र त्यसलाई समाधान गरौ ।

जसरी सकिन्छ त्यसरी नै त्यस स्थितिको समाधान गर्ने प्रयत्न गरौं । सधै प्रसन्न र सुखको अनुभव गर्ने व्यक्तिहरुले नै आफ्नो जीवनमा प्रगती गर्न सक्छन् । उनीहरुको शरीर स्वस्थ रहेको हुन्छ । उनीहरु दिर्घायु पनि हुन्छन् । उनीहरुको जीवन सफल हुन्छ । हरेक समय एउटा न एउटा दुःख अलापेर बस्ने मानिसहरू जीवनभरी रूँदारूँदा आफुलाई बर्बाद पार्दछन् ।

दुःखमा पनि जो मानिस मुस्कुराउँछ उसको दुःख टाढा भाग्दछ । अरस्तुसँग एउटा व्यक्तिले सोधे–“म धेरै दुःखी छु । मेरो दुःख कसरी टाढा भाग्दछ ?” तिमि मुस्कुराई राख,दुःख त्यहि समयमै भागिहाल्छ ।” त्यो व्यक्तिले भनेको मान्यो । मुस्कुरायो अनि उसको मन खुसी भयो । यसप्रकार जो मानिस दुःखमा पनि मुस्कुराउँछ उसले जीवनमा सुख पाउँछ । तपाई सधैभरी सुख पाउन सम्नु हुन्छ । यो तपाई कै हातमा छ । दुःख–सुख हरेक मानिसआफैले पैदा गर्दछन् । त्यसै कारण यदि तपाई चाहनुहुन्छ भने सुख पाउन सक्नु हुन्छ ।

साभार : प्रोत्साह राष्ट्रिय मासिकबाट 

 

You may also Like this

थप समाचार

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...